२०८२ चैत्र ७

SYM शुद्ध सकारात्मकता

बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

बिदा नपाएर जागिर छाडेका थिए, अहिले खेतीबाट कमाउँछन् महिनामै डेढ लाख

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
इख नभएको मान्छे र बिख नभएको सर्पले केही गर्न सक्दैन भन्ने नेपाली उखान वीरेन्द्रनगर, चौखेढुंगाका इमानसिं बस्नेतको जीवनमा ठ्याक्कै चरितार्थ भयो। बिरामी हुँदा बिदा नपाएको झोँकमा जागिर छाडेर हिँडेका इमानसिंह स्वरोजगारीबाट हाल मासिक साढे एक लाख रुपैयाँ कमाइ गर्छन्। उनले राष्ट्रिय स्तरको पुरस्कार पाएका छन्। प्रशिक्षक भएका छन्। मानसम्मान पाएका छन्। इमानसिंको जीवनमा कसरी भयो त यस्तो फड्को? एकै छिन उनको विगततिर फर्कौ र वर्तमान हेरौँ। इमानसिंका बुबा लोगबहादुर भारतीय सेनामा कार्यरत थिए। परिवारको लागि पर्याप्त खाना पुग्ने खेती थियो। इमानसिंलाई आफ्नो पढाइ अघि बढाउन आर्थिक समस्या थिएन। २०५३ सालमा एसएसली परीक्षा उत्तीर्ण गरेका इमानसिंले २०५५ सालमा सुर्खेत बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। त्यो बेला गाउँका युवाहरू मोटो रकम कमाउने ...
दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
१ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् । ‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ । उक्त कार्यक्रम सञ्चालन भएकाले अब देउखुरी उपत्यका क्षेत्रका मुटुका बिरामीहरुले कम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । ‘मुटु विशेषज्ञहरुलाई जचाउनकै लागि दाङभन्दा बाहिर जान अब पर्दैन, अनलाइनबाटै परामर्श लिन सकिने भएकाले यो सेवाबाट गरीब तथा विपन्न वर्ग लाभान्वित हुन्छन्,’ अध्यक्ष विष्टले भने । राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा उक्त सेवा शुभारम्भ गरिएको हो । दु...
जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए

जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
कुनै समय थियो, नेपालमा छालाको जुत्ता उत्पादन गर्न 'बाँसबारी छालाजुत्ता कारखाना' बाहेक अन्य उद्योग थिएनन्। बजारमा छालाको सामान भन्नु विदेशबाट आयातित मात्र हुन्थ्यो। छालाका उत्पादनमा विभिन्न प्रकारका झोला, ज्याकेट, पेटीलगायत सामग्री हुन्छन्। कपडाको तुलनामा छालाको उत्पादन महँगो पर्छ। त्यो बेला बाँसबारी कारखानाले भने जुत्ता मात्र उत्पादन गर्थ्यो। छालाको सामानका पारखीहरू आयातितमा भर पर्नु पर्थ्यो। २०३६ सालतिर भक्तपुरका वीरमणि बज्राचार्य काठमाडौंको न्युरोडमा साझेदारीमा 'ह्युमनफिट टेलर' नाममा टेलरिङ व्यवसाय चलाउँथे। छालाको ज्याकेट मर्मतको काम गर्थे। यो टेलर अहिले जमलमा छ। ह्युमनफिट सुरू गर्नुअघि वीरमणिले करिब एक दशक सर्टिङ–सुटिङमा सिलाइको काम गरेका थिए। ज्याकेट मर्मत काममा वीरमणिले आयातित सामानमा व्यापारीले एकाधिकार र चर्को मूल्य लिने गरेको भेउ पाए। 'नेपालमा छालाका वस...
साढे ४ हजार विद्यार्थी पढ्ने नमूना सामुदायिक स्कुलको के छ खास विशेषता?

साढे ४ हजार विद्यार्थी पढ्ने नमूना सामुदायिक स्कुलको के छ खास विशेषता?

SYM शुद्ध सकारात्मकता, शिक्षा
काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौं महानगरपालिकाको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर १३ को नमूना स्कुल हो। यो स्कुलमा हाल साढे चार हजार विद्यार्थी छन्। पाँचवटा आकर्षक भवन छन्। सबै कक्षाकोठामा विद्यार्थी खचाखच छन्। शैक्षिकसँगै व्यावहारिक सिकाइ र उच्च प्रविधिका प्रयोगशाला ज्ञानोदयको खास विशेषता हो। प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार हरेक वर्ष कम्तीमा चार सय जना विद्यार्थी थपिन्छन्। २०५२ सालयताको एसएसलसी परीक्षा र हालको विद्यालय शिक्षा परीक्षा (एइसइई) मा उत्तीर्ण नतिजा शतप्रतिशत छ। कक्षा ११ र १२ को पनि नतिजा लोभलाग्दो छ।  शिक्षण सिकाइमा इन्टरनेटसहितको आधुनिक प्रविधि प्रयोग हुन्छ। यस्तो विद्यालय महानगरको नमूना त हुने नै भयो तर ज्ञानोदय भने देशका सामुदायिक स्कुलहरूकै नमूनाका रूपमा चिनिन्छ।  हरेक वि...
चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता
फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो। उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार भएपछि थप कपडा दिएर जम्मा दस वटा ज्याकेट बनाए। फेसबुक र इन्स्टाग्राममा 'डिस' नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो। सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड 'डिस' थप्ने निधो गरे। 'डिसलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौं। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौं,' सुरज भन्छन्, 'उत्पादन थालेको छोटो समयमै बजारमा माग बढेको छ।' डिसले खासगरी युवा ग्राहकको रोजाइअनुसार जाडो र गर्मीयाम दुवैका लागि उपयुक्त ज्याकेट उत्पादन गर्छ। विन्डप्रुफ (हावा नछिर्ने) ...
तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

SYM शुद्ध सकारात्मकता
भारतीय राज्य राजस्थानको विकानेर सहर भुजियाको उद्गम थलो मानिन्छ। अहिले पनि नेपाल, भारतको भुजिया बजारमा बिकानेर, बिकाजी, हल्दिराम जस्ता भुजियाको जगजगी छ। विदेशी कम्पनीका धेरै उत्पादनले बजार कब्जा गरेकै बेला पनि विराटनगरको 'जोशी भुजिया' एउटा यस्तो स्थानीय उत्पादन बनेको छ, जसले ४६ वर्षदेखि आफूलाई बजारमा टिकाइरहेको छ। यसले आफूलाई टिकाएको मात्रै छैन, उत्पादक जोशी परिवारलाई कहिल्यै निराश पनि बनाएको छैन। बरू परिवारको चौथो पुस्ताका सदस्यसम्मलाई यो पुस्तैनी व्यापारले आकर्षित गरेको छ। २९ वर्षे प्रशान्त शर्मा जोशी यसैका उदाहरण हुन्। उनले बैंगलोरमा पढे। एमबिए सकिएपछि उनी कुनै स्थापित र ठूलो कम्पनीमा आफ्नो शैक्षिक योग्यताको व्यावहारिक परीक्षण गर्न चाहन्थे। विराटनगरमा रहेको आफ्नो पुस्तैनी व्यापारलाई करिअर बनाउने योजना बनाइसकेका उनलाई स्थापित कम्पनीहरूको बजार यो...
जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्। गुफा राख्नु अघि 'नौंनी' ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नौंनी भनेको नङ काटिदिने महिला हुन्। चलनअनुसार साथीलाई गुफा राख्ने कर्म सुरू भयो। आयुषा पनि त्यही जमातमा परिन्।  उनको पनि खुट्टामा अलः लाग्यो। अलः को रङ लगाएपछि खुट्टामा देखिएको चमकले आयुषालाई लोभ्यायो।  'अलः लगाएको मलाई निकै मनपर्‍यो। त्यसैले साथीकी आमासँग मागेर घर लगेँ,' आयुषाले भनिन्, 'घर लगेको अलः फेरिफेरि लगाएँ।'  अलः रातो रङको तरल पदार्थ हो जुन खुट्टाको नङ काटेर सफा गरेपछि लगाइन्छ। नैंचा आफैंले अलः ल्याउने चलन छ। गुफा राख्ने, विवाह कर...
के नाफा खोज्नु पाप हो?

के नाफा खोज्नु पाप हो?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। सांसद चुनिएपछि समाजमा व्याप्त समस्यालाई विधायिकी सुव्यवस्थामार्फत् कसरी समाधान गर्ने भन्नुको सट्टा उनीहरू आफूलाई विकासे दूतका रूपमा प्रस्तुत गर्छन्। नियम-कानुन सरल, स्पष्ट र पारदर्शी बनाई जनताले भोग्दै आएका अप्ठ्यारा सजिलो बनाउनुपर्नेमा सडक, पुल, भवन बनाइदिन्छु भनी बाचा गर्ने सोच-शैलीको पृष्ठभूमि राज्यवादी अर्थ राजनीति नै हो। जनतामा भएको स...
अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको सहरिया जीवनशैलीमा घुलमिल भएका धेरैले सुनेको नाम हो 'वाउ पपकर्न'। कतिपय त 'वाउ पपकर्न नै दिनु न' भनेर किन्छन् पनि। पपकर्न पारखीको मुखमा यो नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो। नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा पुर्‍याउने पहिलो कम्पनी पनि यही हो। चार वर्षअघि दुइटा पसलबाट बिक्री थालेको वाउ पपकर्नका अहिले ८० भन्दा बढी पसल भइसकेका छन्। कम्पनीका सञ्चालक शुभाकर मानन्धरका अनुसार आगामी एक वर्षसम्ममा थप दुई सय वटा आउटलेट सञ्चालन गर्ने तयारी छ। 'लकडाउन नभएको भए त हामीले खोलिसक्थ्यौं, आगामी वर्षसम्ममा चाहिँ खोल्छौं,' उनले सेतोपाटीसँग भने। वाउ पपकर्नले हाल एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा झन्डै पाँच सय जनालाई रोजगारी दिएको शुभाकर बताउँछन्। 'यो संख्या धेरै त होइन तर एउटा आउटलेटको भरमा आफ्नो परिवार पाल्ने...
बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बोतलको रक्सी गिलासमा खन्याएर सुरुप्प चुस्की लिने त धेरैलाई थाहा छ। चकलेट खाएजसरी रक्सी खाने तरिका चाहिँ कतिलाई थाहा होला! आउनुहोस्, आज त्यही 'चकलेट रक्सी' को कुरा गरौं।  नेपाली उपभोक्तालाई चकलेट रक्सी अर्थात् 'लिक्वेर चकलेट' को स्वाद पस्किने उद्यमी हुन् ललितपुर, झम्सिखेलकी धारणा शाह र काठमाडौं, छाउनीका निकेश श्रेष्ठ। दुवै ३० वर्षमुनिका छन्।  उनीहरूलाई करिब ६ महिनाअघि चकलेट रक्सीको आइडिया फुरेको हो। त्यसको दुई महिनामै उनीहरूले 'चोको रक्सी' नाम राखेर चकलेट रक्सी तयार पारे।  हाल उनीहरू छाउनीमा राखेको कारखानाबाट चार वटा स्वादमा चोको रक्सी बनाउँछन्। नेपाली ब्रान्डका भोड्का, रम, ह्विस्की, र ब्रान्डी स्वादमा चोको रक्सी बनाएर बेच्दैछन्।  धारणाका अनुसार ग्राहकहरूले ह्विस्की र ब्रान्डी स्वादको चोको रक्सी धेरै रूचाएका छन्। केहीले विदेशी ...