२०८१ बैशाख ७

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा




१ पुस, दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् ।

‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ ।


Advertisement


उक्त कार्यक्रम सञ्चालन भएकाले अब देउखुरी उपत्यका क्षेत्रका मुटुका बिरामीहरुले कम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । ‘मुटु विशेषज्ञहरुलाई जचाउनकै लागि दाङभन्दा बाहिर जान अब पर्दैन, अनलाइनबाटै परामर्श लिन सकिने भएकाले यो सेवाबाट गरीब तथा विपन्न वर्ग लाभान्वित हुन्छन्,’ अध्यक्ष विष्टले भने ।



राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा उक्त सेवा शुभारम्भ गरिएको हो । दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले विरामीहरुको मुटुको ईसीजी गरी सो सेवाको शुभारम्भ गरेका थिए ।

Copy link
Powered by Social Snap