चिनियाँ पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौं आउँदै
काठमाडौं । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने भएका छन् । उनी भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउने भएका हुन् ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेका स्रोतले जनाएको छ ।
लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने बताइएको छ । ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
यसअघि, गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गरेका थिए ।
असारको अनितम सातातिर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका थिए । त्यसबेला उन...









