२०८१ बैशाख १४

नागरिकता विधेयकका विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल




काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।



Advertisement



शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनुपरेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् ।

छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको जनाएकी थिइन् । आफूहरूले उठाएको विषयप्रति राष्ट्रपति अत्यन्त सकारात्मक पाएको लोसपाका नेता केशव झाले जानकारी दिए ।

राष्ट्रपतिसँगको छलफलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेता सहभागी थिए ।



राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित गएको साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

Copy link
Powered by Social Snap