प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता, अग्निपथ योजनाबारे कुरै भएन
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रालयकोसमेत नेतृत्व गरिरहेका देउवासँग पाण्डेले प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका हुन् ।
भेटमा द्विपक्षीय हित र नेपाली सेना र भारतीय सेनाको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरूणकुमार सुवेदीका अनुसार भेटमा अग्निपथ योजनाबारे कुनै छलफल भएन ।
“त्यो विषयमा कुरै उठेन,”
उनले प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भाद्र १९ देखि पाँचदिने भ्रमणमा रहेका पाण्डेले आज बिहान माउन्टेन फ्लाइट गरेका थिए । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमान्ढ तथा स्टाफ कलेजको भ्रमण गरेका थिए । सो अवसरमा उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानक...









