तेस्रोपटक प्रधानमन्त्री बन्ने ओलीको चाहना : चुनावमा होमियो एमाले
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा होमिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो ।
“अध्यक्षलाई प्रधानमन्त्रीको उमेदवारको रूपमा अघि सारेर चुनावमा जाने निर्णय भएको छ,” पोलिटब्युरो सदस्य कृष्ण राई भन्छन्, “अब पार्टी पूर्ण रूपमा मंसिर ४ मा हुने चुनावमा होमियो । अध्यक्षलाई प्रधामन्त्री बनाउनका लागि जनतामाझ बहुमतको आह्वान गर्छौैँ ।”
शनिबारको बैठकमा समसामयिक प्रस्ताव पारित गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव राखेका थिए ।
“समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नै अध्यक्षलाई प्रधानमन्त्रीको उमेदवार बनाउनुपर्ने सुझाव आएका...









