२०८१ बैशाख ८

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्




१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ ।



Advertisement



एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए ।



राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् । छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।

Copy link
Powered by Social Snap