२०८३ असार २२

राजनीति

महोत्तरी–३ बाट महन्थ ठाकुरको उमेदवारी दर्ता

महोत्तरी–३ बाट महन्थ ठाकुरको उमेदवारी दर्ता

राजनीति
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी निर्वाचन क्षेत्र ३ बाट उमेदवारी दर्ता गराएका छन् । आइतबार जलेश्वरस्थित निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी मनोनयन दर्ता गरेका हुन् । उनी सत्तारूढ पाँच दलीय गठबन्धनका उमेदवार हुन् । यसअघि ०७४ को निर्वाचनमा पनि ठाकुर यही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उमेदवारी मनोनयन दर्ता गराएका छन् । ठाकुरविरुद्ध एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा हरिनारायण यादवले उमेदवारी दिएका छन् ।  ...
जतिपटक चुनाव लडे त्यति नै क्षेत्र फेरे प्रचण्डले 

जतिपटक चुनाव लडे त्यति नै क्षेत्र फेरे प्रचण्डले 

राजनीति
काठमाडौ । धेरैजसो नेताहरुले एउटै निर्वाचन क्षेत्रमा पटक–पटक चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८ सालदेखि लगातार डडेलधुरा छाडेका छैनन् । देउवाले दुई क्षेत्रबाट निर्वाचन जित्दा पनि डडेलधुरा भने छाडेनन् ।  तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने चुनावैपिच्छे जिल्ला र क्षेत्र नै परिवर्तन गरिरहेका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्कापक्की भएको छ ।  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौंबाट चुनाव लडेका थिए । दुवै निर्वाचन क्षेत्रमा निर्वाचित भएका थिए । उनले उपचुनावमा रोल्पा छाडे । उनले छाडेको निर्वाचन क्षेत्रमा माओवादीकै सन्तोष बूढा मगर निर्वाचित भए ।  उनी त्यसबेला काठमाडौं १० बाट पनि निर्वाचित भएका थिए ।  २०७० सालको...
जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?

जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?

राजनीति
काठमाडौं । सत्ता गठबन्धत्रन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपामा नेताहरु असन्तुष्ट भएका छन् ।  उनीहरुले पार्टीभित्र विद्रोहको तयारी गर्दै वैकल्पिक गठबन्धनको खोजी थालेका छन् । बहालवाला सांसद र निर्वाचित प्रदेश सांसदको टिकट काटिएपछि उनीहरु विकल्पको खोजीमा लागेका हुन् । जसपाका आठ सांसद र १२ प्रदेशसभा सदस्यको टिकट खोसिने भएपछि विद्रोहको जोखिम बढेको उपेन्द्र यादव निकटकै एक नेताले बताए ।  उनले बहालवाला सांसद र प्रदेश सांसदकै टिकट काटिएकाले उनीहरुले पार्टी छोडेर गठबन्धन वा अर्को पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको उनको भनाई छ ।  “हरि नारायण चौधरी, राजकिशोर यादव, सुरेन्द्र चौधरीसहितका ८ जना सांसदको टिकट काटिएको छ, प्रदेशतर्फ १२ जना विधायकको टिकट काटिएको छ,” ती नेताले भने, “त्यसकारण विद्रोह हुँदैन भन्न सकिने अवस्था छैन । तर, मैले नाम...
यी हुन् प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा गठबन्धनका उमेदवार

यी हुन् प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा गठबन्धनका उमेदवार

राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका उमेदवारको टुङ्गो लागेको छ । प्रतिनिधिसभामा शेरबहादुर देउवा र डडेल्धुरा (क) मा माओवादी सुदूरपश्चिम इञ्जार्च खगराज भट्ट उमेदवार बन्ने सहमति भएको छ । उनी ०६४, ०७० र ०७४ मा तीनपटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए । प्रदेश सभा (ख) मा कांग्रेसकोे तर्फबाट गोविन्द बोहरा उमेदवार बन्ने छन् । उनी हाल सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकासमन्त्रीसमेत छन् । देउवासँग डडेल्धुरा कांग्रेसकै पूर्वसभापति कर्ण मल्ल नेकपा एमालेको समर्थनमा प्रतिनिधिसभामा भिड्नेछन् । ०४८ सालदेखि देउवा डडेल्धुरामा निरन्तर चुनाव जित्दै आएका छन् । डडेल्धुरामा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो शक्तिमा रुपमा छन् । गठबन्धन अन्र्तघात नभए सहजै सबै उमेदवारको जित सुनिश्चित भएको नेत...
गोरखा १ मा राजेन्द्र बजगाइँ, रामेछापमा कान्छाराम तामाङले पाए कांग्रेसमा टिकट 

गोरखा १ मा राजेन्द्र बजगाइँ, रामेछापमा कान्छाराम तामाङले पाए कांग्रेसमा टिकट 

राजनीति
काठमाडौं । कांग्रेसले गोरखा १ मा राजेन्द्र बजगाइँ र रामेछापमा कान्छाराम तामाङलाई टिकट दिएको छ । कांग्रेसले यस्तो निर्णय गरेको स्रोतले जानकारी दिएको छ । गोरखाका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा बजगाइँ र अर्कोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनका उमेदवार बन्नेछन् । बजगाइँ र तामाङ व्यवसायिक पृष्ठभूमिका हुन् ।  ...
महामन्त्री गगन र सिटौलालाई राखेर देउवाले थाले लोसपासँग वार्ता

महामन्त्री गगन र सिटौलालाई राखेर देउवाले थाले लोसपासँग वार्ता

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग नेपाली कांग्रेसले वार्ता थालेको छ । जसपाले गठबन्धन छाडेर एइमालेसँग तालमेल सुरु गरेपछि लोसपालाई गठबन्धनमा ल्याउने सत्ता गठबन्धनले देउवालाई वार्ता र सहमतिको अधिकार सुम्पिएको थियो । सोहीअनुरुप हिजो साँझ बैठक बोलाएका देउवाले आज महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राखेर पुनः वार्ता थालेका हुन् ।  लोसपाले हिजोको बैठकमा संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको थियो । उसले मधेस प्रदेशमा मुख्यमन्त्री पाउने गरी सहमति भए संघमा लचिलो हुने संकेत गरेको छ । कांग्रेसले भने संघमा ८ देखि १० र प्रदेशमा १९ सिट लिएर गठटबन्धनमा सामेल हुन लोसपालाई आग्रह गरेको छ ।  लोसपा नेताहरुले कांग्रेसको प्रस्ताव सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफ्नो दाबी र गठबन्धनका तर्फबाट आएको प्रस्तावका विषयमा बताउन चाहेका छ...
काठमाडौं २ मा ओनसरी कि कुलमान ? ७ मा मानुषी, ९ मा हितमानको सम्भावना !

काठमाडौं २ मा ओनसरी कि कुलमान ? ७ मा मानुषी, ९ मा हितमानको सम्भावना !

राजनीति
कुलमानको प्रस्ताव– स्वतन्त्र उमेदवार, गठबन्धनको समर्थन, ओनसरी भन्छिन्– नयाँलाई मौका दिऊँ  काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा उमेदवारी दिने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले काठमाडौं २, ७ र ९ मा उमेदवारी दिनेछ । काठमाडौं २ मा अहिले पनि ओनसरी घर्ती कि कुलमान घिसिङ भन्ने छलफल जारी रहेको माओवादी स्रोतले जनाएको छ । माओवादी उच्च स्रोतले दिएको जानकारीअनुसार घिसिङले स्वतन्त्र उमेदवारी दिने, आफ्नो उमेदवारीलाई गठबन्धनले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । माओवादीले भने आफ्नै चुनाव चिह्नबाट लड्न भनेको छ । त्यसलाई भने उनले अस्वीकार गरेको स्रोत बताउँछ । माओवादीका एक प्रभावशाली नेता भन्छन्, “काठमाडौं २ मा कुलमान कि ओनसरी भन्ने छलफल जारी छ ।ओनसरीको चाहना नयाँलाई अघि बढाऔँ भन्ने पनि छ । फेरि वर्षमान ...
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, प्रचण्डले भागबण्डाको ‘ब्रिफिङ’ गर्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, प्रचण्डले भागबण्डाको ‘ब्रिफिङ’ गर्दै

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक साँझ ६ बजे सुरु भएको हो ।   बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्दैछन् ।   मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । गठबन्धनमा सिट बाँडफाँटबारे अझै सहमति हुन सकेको छैन । ...
सिन्धुपाल्चोकमा सरेश नेपाल र शेरबहादुर तामाङलाई एमालेको टिकट

सिन्धुपाल्चोकमा सरेश नेपाल र शेरबहादुर तामाङलाई एमालेको टिकट

राजनीति
फाइल तस्बिर : सरेश नेपाल (बायाँ), शेरबहादुर तामाङ (दायाँ) । काठमाडौं । नेकपा (एमाले)ले सिन्धुपाल्चोकका उमेदवार टुंग्याएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा सरेश नेपाल र क्षेत्र नम्बर २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको एक नेताले जानकारी दिए ।  ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रका अग्नि सापकोटा निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ मा स्थायी कमिटी सदस्यसमेत रहेका तामाङ निर्वाचित भएका थिए । ...
अध्यक्ष बन्न ओलीसँग भिडेका रावललाई एमालेले टिकट नै दिएन 

अध्यक्ष बन्न ओलीसँग भिडेका रावललाई एमालेले टिकट नै दिएन 

राजनीति
काठमाडौं । नेकपा (एमाले)को दशौँ महाधिवेशनका केपी शर्मा ओलीसँग चुनाव लडेका भीम रावल आगामी प्रतिनिधिसभा चुनावमा टिकटबाटै बञ्चित भएका छन् ।  चितवनमा भएको दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा चुनाव लडेका रावललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएको हो । ०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट रावल निर्वाचित भएका थिए । रावल निर्वाचित क्षेत्रमा माओवादीबाट आएका झपड बोहोराले टिकट पाएको एक नेताले बताए ।  “भीम रावलजीले टिकट पाउने काम नै गर्नुभएन । एमालेकै खेदो खनेर बस्नुभयो,” सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एक नेताले भने, “उहाँले पार्टी केही पनि होइन, सबैथोक म नै हो भन्ने शैली देखाउनुभयो ।” ती नेताले रावल निर्वाचित क्षेत्रमा झपट बोहोराले टिकट पाएको पुष्टि गरे । रावलले भने आफूलाई आधिकारिक जानकारी आइनसकेको बताए ।  टिकट प...