२०८३ असार २२

राजनीति

बालुवाटारबाट फर्किएपछि जितेन्द्र सोनारले भने– गठबन्धनको प्रस्ताव सकारात्मक छ

बालुवाटारबाट फर्किएपछि जितेन्द्र सोनारले भने– गठबन्धनको प्रस्ताव सकारात्मक छ

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले बालुवाटारबाट सकारात्मक प्रस्ताव आएको बताएको छ ।  छलफलका लागि आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका लोसपा नेता जितेन्द्रप्रसाद सोनारले प्रस्ताव सकारात्मक आएको र गठबन्धन गरेर जाने सम्भावना बढेको प्रतिक्रिया दिए ।  “उहाँबाट सकारात्मक प्रस्ताव आएको छ । हामी गठबन्धन गरेर अघि जाने सम्भावना छ,” उनले भने । बालुवाटारको प्रस्ताव भने उनले बताउन चाहेनन् ।  जनता समाजवादी पार्टी (जसपा) नेकपा (एमाले)सँग तालमेल गर्ने गरी अघि बढेपछि गठबन्धनले लोसपालाई बालुवाटार बोलाएको हो । सोनारसँगै नेताहरु शरदसिंह भण्डारी र अनिल झा बालुवाटार गएका थिए । ...
कैलालीमा उमेदवारी दर्ता गर्न दलहरूलाई छुट्टाछुट्टै समय निर्धारण

कैलालीमा उमेदवारी दर्ता गर्न दलहरूलाई छुट्टाछुट्टै समय निर्धारण

राजनीति
धनगढी । कैलालीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ मनोयन दर्ता गर्नका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । शुक्रबार कैलालीको निर्वाचन कार्यालय, प्रशासन र सर्वदलीयको बैठकले तालिकाअनुसार मनोनयन दर्ता गर्ने निर्णय गरेको हो ।  कैलालीमा उमेदवारी दर्ता गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान १० बजेदेखि ११ बजेसम्म, लोकतान्त्रिक समाजवादी पार्टीले बिहान ११ देखि १२ बजेसम्म र नेकपा (एमाले)ले दिउँसो १ बजेदेखि २ बजेसम्मका लागि समय पाएको छ ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको दिउँसो २ देखि ३ बजेसम्म, नेपाल लोकतान्त्रिक पार्टी ३ देखि ४ बजेसम्म तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका उमेदवारले साँझ ४ देखि ५ बजेसम्म उमेदवारी दर्ता गर्ने समय तालिका रहेको निर्...
रवि लामिछाने काठमाडौं–३ बाट कि चितवन–३ ?

रवि लामिछाने काठमाडौं–३ बाट कि चितवन–३ ?

राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–३ वा काठमाडौं–३ मध्ये एउटा क्षेत्रमा चुनाव लड्ने भएका छन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र छानिसकेको छैन ।  “बढी सम्भावना चितवन–३ को छ । तर, अहिलेसम्म निर्णय भइसकेको छैन,” केन्द्रीय सदस्य दीपक बोहराले भने, “भोलि (शनिबार) सम्म निर्णय गरिसक्छौँ । त्यसपछि जानकारी गराउने नै छौँ ।” यसअघि बोहोराले लामिछानेसँगको फोटो राखेर फेसबुक स्टाटस लेख्दै सभापतिले अन्य पदाधिकारीसँग भन्दा अर्को पार्टीको प्रमुखसँगै चुनाव लड्न सक्ने बताएका थिए ।  “सभापतिजस्तो मान्छे फुच्चे फुच्चेसँग चुनाव के लड्नु, शास्त्रमा पनि भनिएको छ । सेनापतिले सेनापतिसँगै युद्ध गर्ने छ, उसले पदिकमाथि प्रहार गर्ने छैन,” बोहोराले फेसबुकमा...
समानुपातिकको बन्दसूचीबाट २९ जनाले लिए नाम फिर्ता

समानुपातिकको बन्दसूचीबाट २९ जनाले लिए नाम फिर्ता

राजनीति
काठमाडौँ — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिन सकिने भनिएको थियो । उक्त प्रणालीका लागि निर्वाचन आयोगद्वारा तोकिएका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ नौ र प्रदेशसभातर्फ २० उम्मेदवारले नाम फिर्ता लिएका छन् । फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र)का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनःजागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना रहेका छन् । उम्म...
शेखर समूहको निष्कर्ष : ४० प्रतिशत सिट चाहिन्छ, बेवास्ता गरे ठूलो संकटको सामना गर्नुपर्छ

शेखर समूहको निष्कर्ष : ४० प्रतिशत सिट चाहिन्छ, बेवास्ता गरे ठूलो संकटको सामना गर्नुपर्छ

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । आज शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो । संस्थापन पक्ष एक्लौटी रूपमा गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ ।  "हामीले प्रतिशतको कुरा गर्न चाहेका होइनौँ । गएको स्थानीय निर्वाचनमा हामीले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर प्रभावशाली मान्छेलाई टिकट दिनुपर्छ भन्यौँ । तर, हाम्रो कुरा मानिएन । त्यसैले अहिले हामीले ४० प्रतिशत चाहिन्छ भनेका हौँ," बैठकमा सहभागी एक नेताले भने । उनीहरूले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने चेतावनी दिएका छन् । गएको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वल...
कांग्रेसको असन्तुष्ट पक्षले बोलायो भेला

कांग्रेसको असन्तुष्ट पक्षले बोलायो भेला

राजनीति
नेपाली कांग्रेसको संस्थापनइतर पक्षले फेरि भेला बोलाएको छ। पार्टीले समानुपातिक उम्मेदवार सूची तयार पार्दा नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षलाई ४० प्रतिशत नदिएपछि विद्रोह गर्ने चेतावनी दिइरहेको समूहले फेरि भेला बोलाएको हो। नेता भूपेन्द्रजंग शाहीले बिहीबार दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला राखिएको र संघर्षका थप रणनीति तय गर्नेबारे छलफल गरिने बताए। कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन प्रक्रिया सुरूआत गरेसँगै असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवामाथि दबाव बढाउन भेला गर्न लागेका छन्। असन्तुष्ट पक्षको विरोधपछि समानुपातिक उम्मेदवार सूचीमा केही हेरफेर गर्न यसअघि सभापति देउवा र पदाधिकारी तयार भएका थिए। यसअघि समानुपातिक उम्मेदवार तय गर्दा नेताका आफन्तलाई प्राथमिकता दिएक...
सत्ता गठबन्धनको बैठक सुरू

सत्ता गठबन्धनको बैठक सुरू

राजनीति
निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकले अन्तिम प्रयास गर्ने जसपाका प्रवक्ता मनिस सुमनले बताए। 'अब अन्तिम पटक सिट बाँडफाँटको प्रयास हुन्छ। अब हामी धेरै कुर्न सक्दैनौं,' सुमनले भने, 'आजको बैठक निर्णायक हुन्छ।' गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतको दाबी छ। जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ। उसले पनि १८ देखि २० सिटका लागि प्रयास गरेको स्रोतको दाबी छ। ...
शेखर पक्षले बोलायो छुट्टै भेला, के गर्नेछ आजको भेलाले ?

शेखर पक्षले बोलायो छुट्टै भेला, के गर्नेछ आजको भेलाले ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले आज छुट्टै भेला बोलाएको छ । शेखर पक्षले बोलाएको भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ ।  भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो ।  आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ । संस्थापन पक्षले पेलेर गएको भन्दै शेखर समूह छुट्टै भेला गर्दै आएको छ ।  ...
कर्मचारीलाई कसैको पक्ष/विपक्षमा नलाग्न आग्रह

कर्मचारीलाई कसैको पक्ष/विपक्षमा नलाग्न आग्रह

राजनीति
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा खटिने कर्मचारीलाई कसैको पक्ष तथा विपक्षमा नलाग्न निर्वाचन आयोगले आग्रह गरेको छ । मंसिर ४ गते हुने निर्वाचनमा तोकिएको आचारण बाहिर गएर कुनै पनि कार्य नगर्न आयोगले आग्रह गरेको छ ।    कुनै राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन नहुने जनाएको आयोगले प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार नगर्न कर्मचारीलाई अनुरोध पनि गरेको छ ।  “कुनै राजनीतिक दल वा उमेदवारलाई कार्यालयको वा आफनो भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन हुँदैन,” आयोगले भनेको छ, “निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने विषयमा सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन हुँदैन ।”  निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना एवं जानकारी बाहेक अन्य कुनै प्रकारका आफूलाई प्राप्त जानकारी कुनै राजनीतिक ...
राप्रपामा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन

राप्रपामा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गर्ने नेता सुन्दर पाण्डेले जानकारी दिए । पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ । समितिको सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरू, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ ।  नवगठित समितिका अध्यक्ष डा.&nb...