२०८१ बैशाख १३

यी हुन् प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरामा गठबन्धनका उमेदवार




काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्ता गठबन्धनका उमेदवारको टुङ्गो लागेको छ ।



Advertisement



प्रतिनिधिसभामा शेरबहादुर देउवा र डडेल्धुरा (क) मा माओवादी सुदूरपश्चिम इञ्जार्च खगराज भट्ट उमेदवार बन्ने सहमति भएको छ । उनी ०६४, ०७० र ०७४ मा तीनपटक नै शेरबहादुर देउवासँग पराजित भएका थिए ।

प्रदेश सभा (ख) मा कांग्रेसकोे तर्फबाट गोविन्द बोहरा उमेदवार बन्ने छन् । उनी हाल सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकासमन्त्रीसमेत छन् ।



देउवासँग डडेल्धुरा कांग्रेसकै पूर्वसभापति कर्ण मल्ल नेकपा एमालेको समर्थनमा प्रतिनिधिसभामा भिड्नेछन् ।

०४८ सालदेखि देउवा डडेल्धुरामा निरन्तर चुनाव जित्दै आएका छन् । डडेल्धुरामा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो शक्तिमा रुपमा छन् । गठबन्धन अन्र्तघात नभए सहजै सबै उमेदवारको जित सुनिश्चित भएको नेताहरुको दाबी छ ।  

Copy link
Powered by Social Snap