२०८० चैत्र १६

महोत्तरी–३ बाट महन्थ ठाकुरको उमेदवारी दर्ता




जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी निर्वाचन क्षेत्र ३ बाट उमेदवारी दर्ता गराएका छन् ।



Advertisement



आइतबार जलेश्वरस्थित निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी मनोनयन दर्ता गरेका हुन् ।

उनी सत्तारूढ पाँच दलीय गठबन्धनका उमेदवार हुन् । यसअघि ०७४ को निर्वाचनमा पनि ठाकुर यही क्षेत्रबाट निर्वाचित भएका थिए ।



प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उमेदवारी मनोनयन दर्ता गराएका छन् । ठाकुरविरुद्ध एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा हरिनारायण यादवले उमेदवारी दिएका छन् । 

Copy link
Powered by Social Snap