२०८० चैत्र १५

काठमाडौं २ मा ओनसरी कि कुलमान ? ७ मा मानुषी, ९ मा हितमानको सम्भावना !




कुलमानको प्रस्ताव– स्वतन्त्र उमेदवार, गठबन्धनको समर्थन, ओनसरी भन्छिन्– नयाँलाई मौका दिऊँ 

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंका तीनवटा निर्वाचन क्षेत्रमा उमेदवारी दिने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले काठमाडौं २, ७ र ९ मा उमेदवारी दिनेछ ।



Advertisement



काठमाडौं २ मा अहिले पनि ओनसरी घर्ती कि कुलमान घिसिङ भन्ने छलफल जारी रहेको माओवादी स्रोतले जनाएको छ ।

माओवादी उच्च स्रोतले दिएको जानकारीअनुसार घिसिङले स्वतन्त्र उमेदवारी दिने, आफ्नो उमेदवारीलाई गठबन्धनले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् ।



माओवादीले भने आफ्नै चुनाव चिह्नबाट लड्न भनेको छ । त्यसलाई भने उनले अस्वीकार गरेको स्रोत बताउँछ ।

माओवादीका एक प्रभावशाली नेता भन्छन्, “काठमाडौं २ मा कुलमान कि ओनसरी भन्ने छलफल जारी छ ।ओनसरीको चाहना नयाँलाई अघि बढाऔँ भन्ने पनि छ । फेरि वर्षमान पुन पनि उमेदवार भएकाले दुई दुई जना चुनाव लड्न गाह्रो हुन्छ कि भन्ने पनि परेको छ । निर्णय भइसकेको छैन । काठमाडौं ७ मा मानुषी यमी र ९ मा हितमान शाक्यले टिकट पाउने लगभग निश्चितजस्तै छ ।”

शाक्यले यसअघि १० मा दाबी गर्दै आएका थिए । तर १० कांग्रेसले लिएपछि शाक्य ९ मा चुनाव लड्न तयार भएका हुन् ।
 

Copy link
Powered by Social Snap