२०८३ असार २२

राजनीति

सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने

सामाजिक सञ्जालबाट गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने

राजनीति
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उमेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उमेदवारलाई आग्रह गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उमेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उमेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र  विज्ञापन हुन थालेको छ । आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । ...
गण्डकीका कानुनमन्त्री थापाले सरकारी गाडी फिर्ता गरे

गण्डकीका कानुनमन्त्री थापाले सरकारी गाडी फिर्ता गरे

राजनीति
पोखरा । आसन्न प्रदेशसभाको उमेदवार बनेका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारी गाडी फिर्ता गरेका छन् । मन्त्री बनेपछि सरकारले थापालाई सवारी सुविधा उपलब्ध गराएको थियो । तर, चुनावमा कास्की २ (ख) बाट कांग्रेसले टिकट दिएपछि थापाले उमेदवारी दर्ताको भोलिपल्ट आफूले प्रयोग गर्दै आएको सवारी फिर्ता गरेका हुन् । सरकारी सवारी लिएर चुनाव प्रचारप्रसार लगायतका काममा प्रयोग गर्न नहुने भन्दै उनले चुनाव अवधिभर निजी सवारी प्रयोग गर्ने बताएका छन् । थापाले यसअगाडि नै आफ्नो पाँचवर्षे कार्यकालमा प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण सार्वजनिक गरेका थिए । जनताको करबाट आर्जेको सरकारी सम्पतिको दुरुपयोग नहोस् भन्नेमा आफू सचेत रहेको र भविष्यमा पनि दुरुपयोग नगर्ने उनको प्रतिबद्धता छ । कास्की २ (ख) बाट उन...
उमेदवारको अन्तिम नामावली बुधबार प्रकाशन गरिने 

उमेदवारको अन्तिम नामावली बुधबार प्रकाशन गरिने 

राजनीति
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनका लागि कुल ५ हजार ९ सय ६८ उमेदवारी दर्ता भएको छ ।  प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २५ सय १३ जनाको उमेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए ।  त्यस्तै, प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उमेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ  ।  उमेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।  उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने अर्यालले बताए । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन...
कस्तो अवस्थामा उमेदवारी खारेज हुन्छ ?

कस्तो अवस्थामा उमेदवारी खारेज हुन्छ ?

राजनीति
काठमाडौं । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार उमेदवारहरूले मनोनयनपत्र दर्ता गराए । निर्वाचन आयोगले रित पुर्‍याएर आएका मनोनयनपत्रहरू दर्ता गरेर निस्सा दिएको छ । कानुन बमोजिमको रित नपुगेका मनोनयनपत्रलाई सच्याउनका लागि उमेदवारहरूलाई मौका दिइन्छ । तर कानुन विपरीत ल्याइएका मनोनयनपत्र भने बदर हुन्छन् । मनोनयनपत्र बुझाएका उमेदवारहरूविरुद्ध निजको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उमेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्दछन् । उमेदवारको विरोधमा उजुरी परेमा सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी मनोनयन  दर्ता हुने वा नहुने निर्णय हुन्छ । जुन आयोगले मंगलबार गर्दै छ ।  मंगलबार साँझ नै आयोगले उमेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।  मनोनयनपत्र दर्ता गरेका उमेदवारले नामावली प्रकाशन भ...
देउवाविरुद्ध कर्ण मल्लको उजुरी, नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति

देउवाविरुद्ध कर्ण मल्लको उजुरी, नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति

राजनीति
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको उमेदवारी रद्द गर्न उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधिसभामा उमेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको हो ।  नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ ।  नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।  डडेल्धुरा कांग्रेसका पूर्वसभापतिसमेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति रहेका छन् ।  डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले थपे, “उमेदवारको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबा...
काठमाडौं १ बाट विवेकशील साझाका बन्जाडेको उमेदवारी

काठमाडौं १ बाट विवेकशील साझाका बन्जाडेको उमेदवारी

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीका शंकर बन्जाडेले काठमाडों क्षेत्र नम्बर १ बाट उमेदवारी दिएका छन् । अन्तर्राष्ट्रिय नेपाली टाेपी दिवस अभियन्ता तथा उद्यमी बन्जाडेले आइतबार मनोनयन दर्ता गरेका हुन् । बन्जाडे नेपाली अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस अभियानका संस्थापक अभियान्ता तथा सफल युवा उद्यमी पनि हुन् । राजनीति शास्त्र र वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका बन्जाडे नीति निर्माण तहमा सक्षम र इमानदार युवाहरूको हस्तक्षेप आवश्यक रहेको भन्दै राजनीतिमा होमिएका हुन् ।  ...
सभामुखले छाडे, निवासको राष्ट्रिय झण्डा हटाइएन !

सभामुखले छाडे, निवासको राष्ट्रिय झण्डा हटाइएन !

राजनीति
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिएर बिदा भए पनि सरकारी निवासमा रहेको राष्ट्रिय झण्डा भने हटाइएको छैन । लैनचोरमा रहेको सभामुखको सरकारी निवासमा राष्ट्रिय झण्डा अझै फहराइएको छ । सापकोटा भने निजी निवास कौशलटारमा सरिसकेका छन् । 
अमेरश कुमार सिंहले दिए स्वतन्त्र उमेदवारी, भन्छन्– जित्ने मै हुँ 

अमेरश कुमार सिंहले दिए स्वतन्त्र उमेदवारी, भन्छन्– जित्ने मै हुँ 

राजनीति
काठमाडौं । सर्लाही ४ मा कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उमेदवारी दिएका छन् । उनले निर्धारित समयमा उमेदवारी दर्ता गराएको भन्दै सभापति शेरबहादुर देउवाका कारण आफूलाई पछि पारिएको बताउँदै मतदाताले न्याय गर्ने बताए । “मैले स्वतन्त्र उमेदवारी दर्ता गराएँ, जित्ने पनि मै हुँ,” उनले भने । ...
कास्की ३ मा माओवादी र एमालेका बागी उमेदवार

कास्की ३ मा माओवादी र एमालेका बागी उमेदवार

राजनीति
पोखरा । कास्कीको प्रतिनिधिसभा क्षेत्र नं. ३ मा आफ्नै उमेदवारविरुद्ध बागी परेको छ । गठबन्धनको तर्फबाट यो क्षेत्र माओवादीलाई परेको छ । माओवादीले गण्डकीका अर्थमन्त्री बराललाई अघि सारेको छ । उनले उमेदवारी दर्ता गराइसकेका छन् । तर, उनीविरुद्ध माओवादीकै अनिता भुर्तेलले उमेदवारी दर्ता गराएकी छन् ।  पार्टीले सम्बोधन नगरेको भन्दै उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।  यता, एमालेमा पनि बागी उमेदवारी परेको छ । एमालेले यो क्षेत्रमा दामोदर वैरागीलाई टिकट दिएको थियो । जिल्ला अध्यक्षमा पराजित भएका बैरागीविरुद्ध एमालेकै जगन्नाथ बास्तोलाले बागी उमेदवारी दर्ता गराएका हुन् । ...
राजेन्द्र महतोले सर्लाही २ बाट दिए उमेदवारी

राजेन्द्र महतोले सर्लाही २ बाट दिए उमेदवारी

राजनीति
जनकपुरधाम । लोसपा नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उमेदवारी दिएका छन् । आइतबार निर्वाचन कार्यालय पुगेर उनले उमेदवारी दिएका हुन् ।  सोही क्षेत्रबाट प्रदेशसभातर्फ (क) मा नेपाली कांग्रेसका जगीलाल राय र (ख) बाट लोसपाका मेथुर चौधरीले उमेदवारी दिएका छन् ।  महतो ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट धनुषा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।  ...