२०८१ बैशाख २०

जतिपटक चुनाव लडे त्यति नै क्षेत्र फेरे प्रचण्डले 




काठमाडौ । धेरैजसो नेताहरुले एउटै निर्वाचन क्षेत्रमा पटक–पटक चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०४८ सालदेखि लगातार डडेलधुरा छाडेका छैनन् ।

देउवाले दुई क्षेत्रबाट निर्वाचन जित्दा पनि डडेलधुरा भने छाडेनन् । 



Advertisement



तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने चुनावैपिच्छे जिल्ला र क्षेत्र नै परिवर्तन गरिरहेका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने पक्कापक्की भएको छ । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौंबाट चुनाव लडेका थिए । दुवै निर्वाचन क्षेत्रमा निर्वाचित भएका थिए । उनले उपचुनावमा रोल्पा छाडे । उनले छाडेको निर्वाचन क्षेत्रमा माओवादीकै सन्तोष बूढा मगर निर्वाचित भए । 

उनी त्यसबेला काठमाडौं १० बाट पनि निर्वाचित भएका थिए । 

२०७० सालको निर्वाचनमा उनी काठमाडौं र सिरहाबाट उमेदवार बनेका थिए । उनी सिरहाबाट मात्रै निर्वाचित भए । 

२०७४ को निर्वाचनमा उनी गृह जिल्ला चितवन क्षेत्र नम्बर ३ बाट चुनावमा होमिएका थिए । एमालेसँगको तालमेलबाट उनी निर्वाचित भएका थिए । 



हाल उनले उक्त क्षेत्र सुरक्षित नदेखेपछि समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रबाट चुनावमा होमिँदैछन् । 

शुक्रबार बसेको पदाधिकारी बैठकमा उनले राष्ट्रिय नेताले जुनसुकै क्षेत्रबाट चुनाव लड्नुपर्ने बताएका थिए ।

तर उनले चितवनमा कांग्रेसका कारण अनुकूल नभएको बताउँदै उनले गोरखा जाँदा गठबन्धनका अन्य क्षेत्रमा पनि सम्बोधन गर्न जान सकिने बताएका थिए ।
 

,,

Copy link
Powered by Social Snap