२०८० चैत्र १५

जसपाका सांसदले दिए विद्रोहको चेतावनी– को को छन् ?




काठमाडौं । सत्ता गठबन्धत्रन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी जसपामा नेताहरु असन्तुष्ट भएका छन् । 



Advertisement



उनीहरुले पार्टीभित्र विद्रोहको तयारी गर्दै वैकल्पिक गठबन्धनको खोजी थालेका छन् । बहालवाला सांसद र निर्वाचित प्रदेश सांसदको टिकट काटिएपछि उनीहरु विकल्पको खोजीमा लागेका हुन् ।

जसपाका आठ सांसद र १२ प्रदेशसभा सदस्यको टिकट खोसिने भएपछि विद्रोहको जोखिम बढेको उपेन्द्र यादव निकटकै एक नेताले बताए । 



उनले बहालवाला सांसद र प्रदेश सांसदकै टिकट काटिएकाले उनीहरुले पार्टी छोडेर गठबन्धन वा अर्को पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको उनको भनाई छ । 

“हरि नारायण चौधरी, राजकिशोर यादव, सुरेन्द्र चौधरीसहितका ८ जना सांसदको टिकट काटिएको छ, प्रदेशतर्फ १२ जना विधायकको टिकट काटिएको छ,” ती नेताले भने, “त्यसकारण विद्रोह हुँदैन भन्न सकिने अवस्था छैन । तर, मैले नाम लिएका वा बहालवाला सांसद र बहालवाला विधायकहरु सबैले विद्रोह गर्छन् भन्ने मलाई लाग्दैन, तयारी भने हुँदैछ ।”

Copy link
Powered by Social Snap