२०८१ बैशाख १२

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, प्रचण्डले भागबण्डाको ‘ब्रिफिङ’ गर्दै




काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक साँझ ६ बजे सुरु भएको हो ।  



Advertisement



बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’ गर्दैछन् ।  



मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । गठबन्धनमा सिट बाँडफाँटबारे अझै सहमति हुन सकेको छैन ।

Copy link
Powered by Social Snap