२०८१ बैशाख १३

विचार

संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’ : कनकमणि दीक्षित

संक्रमणकालीन न्यायमा जालझेल : देउवा, दाहाल र ‘बन्दी’ : कनकमणि दीक्षित

लेख, विचार, विचार
लमजुङ भोजे गाउँ विकास समिति–२ का बीबी गुरुङको प्रश्न : ‘युद्धमा मर्नु मार्नु त स्वाभाविक हो, तर घाँटी रेटेर हत्या गर्नुको अर्थ के हो सुन्न चाहन्छु ?’ पुष्पकमल दाहाल (‘प्रचण्ड’) : ‘…म तपाईंलाई स्पष्ट गरुँ, जनयुद्ध शुरू भएको ६ महिनापछि, मैले नै लेखेर एउटा गम्भीर ‘सर्कुलर’ तलसम्म पठाएको थिएँ, ‘यदि कसैलाई एनिहिलेट (सफाया) गर्नुपर्ने अवस्था आइपर्‍यो भने पनि मानिसलाई यातना दिएर त्यस्तो गरिनुहँदैन ।’ कसैलाई सफाया नै गर्नुपर्ने स्थिति आयो भने पनि यातना दिनुहुँदैन भनेर मैले ‘सर्कुलर’ गरेको थिएँ ।…’ यस कार्यक्रमको प्रश्नोत्तरले पुष्पकमल दाहाल लगायत उनीसँग लागेका माओवादी नेतृत्वको आपराधिक मानसिकता प्रष्ट पार्दछ । उनीहरूलाई अर्काको ज्यान लिनु सामान्य थियो । यस्तै हिंस्रक आचरणको भरमा गाउँघरमा त्रास फैलाउँदै आफ्नो विध्वंसकारी प्रभाव बढाएको थियो, माओवादीले । दाहालकाे हकमा द्वन्द्वकाल ज्याद...
पूर्वप्रधानमन्त्रीहरू-हराउने होइन, बिदाबारी गर्ने हो : गणेश कार्की

पूर्वप्रधानमन्त्रीहरू-हराउने होइन, बिदाबारी गर्ने हो : गणेश कार्की

विचार, विचार
संविधान जारी नगरी पहिलो संविधानसभा अस्ताएपछि शून्यताले राज गर्दै गरेको बेला थियो। संविधान बनाउन नसकेको दोष अर्को दलमाथि थोपरिरहेका नेताहरूले दोस्रो संविधानसभा चुनावका लागि खिलराज रेग्मी ल्याउन भने भव्य ‘राष्ट्रिय सहमति’ गरेका थिए। दलहरूले खिलराज ल्याए, खिलराजले लोकमान। दलहरूले एकपछि अर्को नगर्नुपर्ने गर्दै गए, गर्नुपर्ने गरेनन्। यसरी शान्ति प्रक्रिया र संविधान निर्माणबाहेक सबैथोकमा ‘मेलमिलाप’ गरेर कांग्रेस, एमाले, माओवादीले आफ्नो ऐतिहासिक अयोग्यता देखाएका बेला शम्भु थापासहित केही नागरिक अगुवाले दलहरूका मुख्यालय घेर्ने निधो गरेका थिए। त्यसबेलाका क्रमशः तीन ठूला दलहरूमध्ये उनीहरू माओवादी, कांग्रेसका शीर्ष नेता भेट्न गए। त्यसपछि नागरिक टोली तत्कालीन तेस्रो ठूलो दल एमालेको मुख्यालय बल्खु हिंड्यो। पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, ‘प्रभावशाली नेता’ केपी ओली उनीहर...
‘समाजवादी केन्द्र’ बनाउने कोसिस : कुलचन्द्र वाग्ले

‘समाजवादी केन्द्र’ बनाउने कोसिस : कुलचन्द्र वाग्ले

विचार, विचार
नेपालका कम्युनिस्ट पार्टीहरूको एकता, धु्रवीकरण र विभाजनको लामो शृंखला छ । विसं २००६ सालमा स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको समयदेखि नै आरम्भ यस्तो शृंखला अझै जारी छ ।  कम्युनिस्टहरूको जुट र फुटको कारण भने अन्तर्राष्ट्रिय, राष्ट्रिय प्रभाव र नेतृत्वमा आफैँ रहने महत्त्वाकांक्षा हुन् । तिनीहरूबीच आफूमात्रै सच्चा कम्युनिस्ट बाँकी अन्य घटक संशोधनवादी, जडसूत्रवादी वा पोथापन्थी आरोपित गर्ने प्रचलन रह्यो ।  मूलधारको कम्युनिस्ट राजनीतिभन्दा बाहिर बसेका कम्युनिस्टहरूले प्रजातान्त्रिक अभ्याससमेत गर्न खोज्नेहरूलाई लगाउने आरोप अहिले पनि करिब त्यस्तै छ । यस्तै धारणाका वशीभूत कम्युनिस्टहरू ‘जनवाद’को प्रलोभनमा सडकमै छन् । कोही सडकबाट उठेर सरकार र सत्तामा छन्, कोही अहिले पनि सडकमै छन् । सत्तामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष...
कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ?

कोही कसरी यतिसम्म स्वार्थी हुनसक्छ?

विचार, विचार
सायद बिहानको दश बजेको थियो। बिहानको खाजा खाइसकेपछि अनितासहित उसको श्रीमान् र दुवै बच्चाहरू आफ्नो काममा व्यस्त थिए। त्यसैबेला अनिताको मोबाइलको घण्टी बज्यो। अनिताले फोन उठाइन्। 'हेल्लो, बिनिता दिदी नमस्ते!,' दिदीले धेरै समयपछि फोन गरेकी थिइन्, त्यसैले अनिता कुरा गर्न एकदम उत्सुक थिइन्। जब उनीहरू भेट्छन्, एकअर्कालाई अत्यन्तै न्यानो माया दर्शाउँछन्। 'अनिता, तिमीलाई कस्तो छ?' 'यहाँ सबैलाई ठिक छ दिदी अनि त्यहाँको हालचाल के छ?' 'सबै कुरा राम्रो छ अनिता। आज तिम्रो छोराको विवाहको जनै सुपारी लिने दिन हो!,' उनले धेरै गम्भीर मुद्रामा भनिन्। अनिताले बुझ्नै सकिन दिदीले के भनिरहेकी छिन? उसको छोराको जनै सुपारी र उसैलाई थाहा छैन? अनिता चकित भइन्। अनिताले अचम्म मान्दै सोधिन्, 'मेरो छोराको जनै सुपारी? दिदी, तपाईं यो के भनिरहनु भएको छ? मैले केही बुझिनँ।' अनिता आत्त...
चार दशक अघिको मुगु अनुभव

चार दशक अघिको मुगु अनुभव

विचार, विचार
दाजु गोपालका माइलो साला वासुदेव पोखरेल मुगुमा शिक्षक हुनुहुन्थ्यो। २०३५ साउन महिनामा वासुदेव मुगुबाट प्यूठान घर आएको समयमा भेटघाटको लागि हाम्रो घरमा (धुर्कोट गैराखर्क, गुल्मी) आउनुभयो।  मैले भरखर आई.ए. पास गरेर घरमै थिएँ। वासु सोल्टीले मलाई मुगु जाउँ, त्यहाँ शिक्षकमा तुरून्त नियुक्ति पाइन्छ भन्नुभयो। मुगुमा तलबको ११० प्रतिशत भत्ता पनि पाइने र १ वर्ष पढाएपछि सरकारले नै बि.एड्. पढ्न पठाउँछ, जाउँ भनेर जोड गर्नुभयो।  पहिलेदेखि नै वासु सोल्टी भाउजूलाई भेट्न हाम्रो घर आइरहने र हामी दुवैको पढाइ पनि एउटै क्लास भएकोले हामी दुईको राम्रो मित्रता पनि थियो। वासुदेवको प्रस्ताव अनुसार घरमा सल्लाह गरेर म मुगु जान तयार भएँ। २०३५ साल साउन १६ गते मेरा सबै प्रमाणपत्रहरू लिएर म घरबाट मुगु जान हिँडेँ। घरबाट प्युठान दाजुको ससुराली घरमा गई २ दिन बसेँ। १८ गते त्यहाँबाट सोल्टीहरू हरि,...
ज्ञानी हुने कला – SYM शुद्ध सकारात्मकता

ज्ञानी हुने कला – SYM शुद्ध सकारात्मकता

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ । यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक/प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ । सिक्ने समूह सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक ठूला शिक्षक मानिन्छन् । त्यसपछि मित्रहरूबाट निरन्तर सिकिन्छ । तर, हेक्का राख्नु...
जसपाको संभावित विभाजनका ८ कारण

जसपाको संभावित विभाजनका ८ कारण

विचार, विचार
यदाकदा शंका लाग्दछ- यो देशको भाग्य नै कतै उल्टो कलमले लेखिएको त छैन ? हुनुपर्ने कैयौं चिज हजार प्रयत्न गर्दा पनि हुँदैनन्, नहुनुपर्ने, नभइदेओस् भनेर हजार कामना गरेका कैयौं कुरा सजिलै बारम्बार भइदिन्छन् । एकातिर हामी भन्छौं- लोकतन्त्र सफल हुन बलिया, सबल र सक्षम राजनीतिक दलहरू चाहिन्छन्, अर्कोतिर हामी दलहरूको टुट, फुट, गुट, विग्रह र विभाजनको अनन्त शृङ्खला सामना गर्न बाध्य छौं । वितेका पाँच वर्ष यताका मात्रै कुरा गर्दा झण्डै दुईतिहाइ बहुमत पाएको नेकपा (नेकपा) टुटेर धुजाधुजा भयो । आज त्यो पार्टी ४ चिरामा विभक्त मात्रै छैन, एकअर्काप्रतिका आरोप-प्रत्यारोपले राजनीति र लोकतन्त्रको गुणस्तर नै क्षयीकरण भएको छ । आम जनता र मतदातामा दलहरूप्रतिको विश्वास निरन्तर कमजोर हुँदैछ । दलहरूप्रतिको जनविश्वास मात्रै घटेको भए त्यो ठूलो जोखिमको कुरा हुने थिएन, साथसाथै संघीय लोकतान्त्रिक गणतन्त्र समेत बद...
‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

विचार, विचार
काठमाडौं । विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष पुर्‍याउने तयारी भइरहेको विषयमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले असार १ गतेको संसद्मा विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने तयारी भइरहेको बताएपछि यसले पार्ने विविध प्रभावबारे बहस सुरु भएको हो ।  विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुवैले २० वर्ष नपुगी विवाह गरे बाल विवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी विहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रूपैयाँसम्म सजाय हुने व्यवस्था छ । त्यस्तो विवाह स्वतः बदर हुने पनि अपराध संहितामा उल्लेख छ ।  मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक बालिग नागरिकले मन परेको व्यक्तिसँग सहमतिमा यौन सम्बन्ध राख्न पाउनुलाई मानवीय हकका रूपमा व्याख्या गरेको छ । तर, विव...
खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

देश, विचार, विचार
तपाईं हामीले कहिल्यै सोचेका छौं- हावा, पानी र खानेकुरा भएन भने हाम्रो जीवनमा कस्तो प्रभाव पर्ला ? यो प्रश्न सुन्दा सामान्य लाग्छ तर यसको मर्म भने धेरै नै गम्भीर छ । नियमित कामकाजी मानिस हावा, पानी र खाना विना क्रमशः २ मिनेट, २ दिन र ५ दिन भन्दा बढी बाँच्न सक्दैन । तर हामी यो आधारभूत सत्य बिर्सेको स्वाङ पार्दै शुतुरमुर्गको शैलीमा यो शाश्वत सत्यबाट टाउको मात्र लुकाउने चेष्टा गरिरहेका छौं । यस्तो मर्ममा बुझपचाउनु भनेको एक खालको सामाजिक मनोरोग हो । यसलाई सच्याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त यस्तो मनोरोगले ग्रस्त दीर्घ रोगी नै भएका छन् । हावा र पानी आजसम्म प्रकृतिमा जसोतसो सित्तैं पाइँदैछ । यो पनि अब बजारका बिचौलिया र दलालको हातमा पुगिरहेको छ । हिजोआज शहरिया र बिरामीले बाध्य भएर र सौखिन दलाल, बिचौलिया र तिनका नेताले पैसाको तुजुकमा स्वास्थ्यका लागि भन्दै किनेर खाने गरेका छन् । तर ...
किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मान्छेको जन्मपछि जीवनका विभिन्न चरण पार हुन्छन् । उमेरसँगै शारीरिक, मानसिक र भावनात्मक पक्ष पनि विकास हुँदै जान्छन् । ‘टिनएज’ उमेरको सबैभन्दा संवेदनशील र जीवनको निर्णायक बन्ने उमेर हो । यो उमेरमा जीवनलाई लिएर कोही पनि गम्भीर नहुने सम्भावना हुन्छ । पारिवारिक रमाइलो र साथीहरुसँगको हाँसीमजाकले टिनएजको बिदाइ हुन्छ । पढाइ कहिले सकियो अत्तोपत्तो हुँदैन । जवान हुने चाहनामा रहेका टिनएजरलाई भने यो समय एकदमै लामो लाग्छ । टिनएजलाई कसैले गुलाबी उमेर भन्छन्, कसैले किशोरावस्था । कसैले अपरिपक्व उमेर भन्ने गर्छन् । यो आ-आफ्नो धारणा हो । अक्सर टिनएज पार गरिसकेका व्यक्तिहरु आफू हुर्किएको वातावरण र समय अनुसार धारणा बनाउँछन् । त्यसैले यो उमेरबारे विभिन्न व्यक्तिको धारणा फरकफरक हुन जान्छ । किशोरावस्थाबारे वैज्ञानिक धारणा लिने हो भने वैज्ञानिक यो उमेरलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा...