तिमीलाई बुझ्ने भएकी छु आमा !
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन्, ‘तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’
यो भनाइमा असल राष्ट्र हुनका लागि असल आमाको आवश्यकता र भुमिका औंल्याइएको छ । वास्तवमा आमा एक जननी हुन् । नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने आमा सृष्टिकी संरक्षक हुन् । आमाले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आफ्नो परिवार चलाउँदै आफ्नो सृष्टिलाई समेत बचाएकी हुन्छिन् ।
नारीको मूल मर्म पनि मातृत्वमा अडेको हुन्छ । नवजात शिशुले आमाको प्यारो काखलाई नै पहिलो पाठशाला ठान्छ र आमाले उसलाई उमेर अनुरुप सम्पूर्ण बानी व्यवहार, कर्तव्य, आदर, सत्कार, माया ममता दिएर हुर्काएकी हुन्छिन् । एउटी शिक्षित आमाले सन्तानलाई शिक्षाको समुचित परिवेश तयार पार्नका साथै उसलाई युगीन सभ्यता र संस्कारसँग परिचित गराउँछिन् ।
आफ्ना सन्तानलाई खुसी दिनका लागि आमाले आफ्न...





