२०८१ बैशाख २१

विचार

‘संसद्को विश्‍वास ममाथि छ भन्‍ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’

‘संसद्को विश्‍वास ममाथि छ भन्‍ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ’

राजनीति, विचार
प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आफूले राखेको विश्वासको प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, 'संसद्को विश्वास ममाथि छ भन्ने कुराको पुष्टि हुँदैन भने मैले मार्ग प्रशस्त गरिदिनुपर्छ ।' प्रतिनिधिसभाको सोमबारको बैठकमा ओलीले आगामी दिनमा संवाद, सहमति, एकताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले संसद्‌मा प्रक्रिया अपनाउन आएको बताए । Advertisement  'विश्वासको मत भनेको संसद् बाहिर गरिएको हल्ला होइन । यो संसद्‌भित्रको प्रक्रिया हो । संसद्ले फैसला गरोस् । मैले सरकारको नेतृत्व गर्न आवश्यक छ कि छैन भन्ने फैसला गरोस् । मार...
कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

विचार, विचार
साभार: सेतोपाटी 'कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहनेछ। र यो थामिनुअघि थप दसौं लाख मानिसको ज्यान जानेछ।' यो भनाइ विश्वकै अग्रणी सफ्टवेयर उत्पादक माइक्रोसफ्टका मुख्य हस्ती बिल गेट्सको हो। उनी 'बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन' का तर्फबाट गरिने सहयोगका आधारमा विश्वकै सर्वोच्च परोपकारीमध्येमा पनि गणना गरिन्छन्। दि इकोनोमिस्ट पत्रिकाका प्रधान सम्पादक जेन्नी मिन्टोन बेदोइससँगको अन्तर्वार्तामा उनले यसो भनेका हुन्। गेट्सका अनुसार धेरैजसो मृत्युको कारण भने यो भाइरस एक्लो हुँदैन। बरू कोरोनाले तहसनहस हुने स्वास्थ्य प्रणाली बन्नेछ र यसले रुग्ण बनाएको आर्थिक गतिविधि पनि मृत्युको अर्को कारण हुनेछ। यो भाइरसलाई अमेरिकामा जसरी राजनीतिकरण गरिएको छ, त्यसविरुद्ध उनले खेद पनि प्रकट गरेका छन्। उनका अनुसार त्यस्ता गतिविधि र यसलाई 'षडयन्त्र हो' भनेर प्रचारप्रसार गर्ने अवाञ्छि...