२०८२ चैत्र २

विचार

जहाँ मजदुरहरूको जीवनशैली देखेर म लोभिएँ: Hira Bishwakarma

जहाँ मजदुरहरूको जीवनशैली देखेर म लोभिएँ: Hira Bishwakarma

विचार, विचार
मैले मानव बसोवास भएका छ वटा महादेशमध्ये चारवटाका २० वटा देशको भ्रमण गर्ने अवसर पाएँ। केही देशमा छोटो समय बस्ने अवसर पनि पाएँ। यी २० वटा देशमध्ये अति पुँजीवादी, लोककल्याणकारी, अति गरिब र पुँजीवादी अर्थतन्त्रमा साम्यवादी व्यवस्था भएका देशहरू पर्छन्। यिनमा साम्यवादी राजनीतिक व्यवस्था अपनाएका तर हाल बहुदलीय लोकतन्त्र भएका मुलुकहरू पनि पर्छन्। यी सबै देशहरूबारे मेरो आफ्नो अनुभव छ। यता नेपालको ठूलो जनमत अहिले पनि कम्युनिस्ट भन्ने पार्टीहरूलाई विश्वास गर्छ।  मेरो भ्रमण अनुभवका आधारमा नेपालीको यो विश्वास एउटा दिवास्वप्न मात्रै हो भन्न मैले कुनै ठूलो दार्शनिक आधार लिनुपर्छ जस्तो लाग्दैन। मैले उत्तर कोरियाको भ्रमण गर्ने अवसर पाएको छैन। तैपनि मेरा एकजना मित्रको भनाइ यहाँ राख्न चाहन्छु।  उनी साम्यवादी विचारधाराका कट्टर समर्थक त हुन् नै, राम्रो कलाकार र साहित्यक...
अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे

अब सत्ता सञ्चालनमा कस्ता पात्र पठाउने ? : विन्दुकान्त घिमिरे

विचार, विचार
हाम्रो देशले राणाशासनबाट र छिमेकी मुलुक भारतले अंग्रेज उपनिवेशबाट मुक्ति पाएको कालखण्ड एउटै थियो। त्यही कालखण्डमा उत्तरको छिमेकी देश चीनमा युगान्तकारी राजनीतिक परिवर्तन भएको थियो। त्यतिबेला नेपाली जनताको आयस्तर र छिमेकी चीन तथा भारतका जनताको आयस्तरमा खासै ठूलो भिन्नता थिएन। देशको आर्थिकस्तर पनि उस्तै–उस्तै थियो। तर सात दशकपछि अर्थात् अहिलेको अवस्था हेर्ने हो भने छिमेकी चीन र भारतसँग तुलना नै गर्न नसकिने आर्थिक अवस्थामा हामी छौं। यसको मुख्य कारण हो, नेपालको राजनीतिक अस्थिरता। लोकतान्त्रिक गणतन्त्रमार्फत छिमेकी मुलुक भारतमा राजनीतिक स्थिरता कायम भयो भने चीनले जनवादी गणतन्त्रमार्फत राजनीतिक स्थिरता दियो। तर हामीले भने कस्तो राजनीतिक व्यवस्था स्थापना गर्ने ? भन्ने संघर्षमै ७० वर्ष गुजार्‍यौं। आखिर राजनीतिक शासन व्यवस्था भनेको साध्य नभएर साधन रहेछ भन्ने उदाहरण हाम्रै दुई छिमेकी...
के नाफा खोज्नु पाप हो?

के नाफा खोज्नु पाप हो?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। सांसद चुनिएपछि समाजमा व्याप्त समस्यालाई विधायिकी सुव्यवस्थामार्फत् कसरी समाधान गर्ने भन्नुको सट्टा उनीहरू आफूलाई विकासे दूतका रूपमा प्रस्तुत गर्छन्। नियम-कानुन सरल, स्पष्ट र पारदर्शी बनाई जनताले भोग्दै आएका अप्ठ्यारा सजिलो बनाउनुपर्नेमा सडक, पुल, भवन बनाइदिन्छु भनी बाचा गर्ने सोच-शैलीको पृष्ठभूमि राज्यवादी अर्थ राजनीति नै हो। जनतामा भएको स...
पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

विचार, विचार
काठमाडौं । बच्चाहरूमा नक्कल गर्ने बानी हुन्छ । त्यसैले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो बालबालिकाले नक्कल गर्ने मनोवैज्ञानिक अलबर्ट बान्दुराले बताएका छन् । बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन् । अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन् । त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि गर्न नहुने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् । ‘अभिभावकलाई बालबालिकाले प्रेरणाको स्रोत ‘रोल मोडल’ मानेका हुन्छन्, उनीहरूले गरेको हरेक कार्य ठीक हो भन्ने उनीहरूको बुझाइ हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले बालबालिकाको अगाडि  अभिभावकले सकारात्मक तथा राम्रो बानी व्यवहार गर्नुपर्छ ।’ यदि बालबालिकाको अगाडि नराम्रो व्यवहार गर्‍यो भने त्यो व्यवहार उसले आफ्नो उमेर समूहको साथीसँग गर्छन् । त्यसैले यी पाँच ग...
हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल

हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल

विचार, विचार
विद्यालयदेखि नै पढ्यौं– लोकतन्त्र जनताको शासन हो। यस्तो शासन व्यवस्थामा जनताद्वारा चुनिएका प्रतिनिधिहरू नै संसद र सरकारमा हुन्छन्।  संविधान र शासन व्यवस्था हेर्ने हो भने देशमा लोकतन्त्र छ। तर कतिपय व्यवहार र संस्कार हेर्ने हो भने देशमा लोकतन्त्र आएकै छैन। जनताबाट चुनिएका प्रतिनिधिहरूले आफूलाई जनताभन्दा माथि राखेका छन्। जनताले पनि आफैंले भोट दिएर पठाएकाहरूलाई ठूला बनाइदिएका छौं। जनताको सेवक र जनताप्रति जवाफदेही हुनुपर्ने जनप्रतिनिधिहरूलाई 'महामानव' बनाइदिएका छौं। केही जनप्रतिनिधिहरू जनताप्रति इमानदार र नजिक छन्। उनीहरू अपवाद हुन्। अधिकांश जनप्रतिनिधि जनताबाट टाढा छन्। उनीहरू जनताप्रति उत्तरदायी र इमानदार नभएको तथ्य पत्ता लगाउन कुनै प्राज्ञिक अनुसन्धान गर्नै पर्दैन। उनीहरूको दैनिक व्यवहार हेर्ने हो भने यो यथार्थ स्पष्ट देखिन्छ। उनीहरू जनतासँग कि त भ...
हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

हैट ! होचो भएकाले मलाई दशैंमा पिङ खेल्नै नदिने

विचार, विचार
त्यो बेलाको दशैं असाध्यै रमाइलो । दशैं कहिले आउँछ होला ? नयाँ लुगा कहिले लगाउन पाइएला ? टन्न मासु कहिले खान पाइएला ? यस्तो कौतुहलता बोकेर हामी दशैंको दिनगन्ती गरिरहेका हुन्थ्यौं । दशैंमा बल्लबल्ल नयाँ लुगा लगाउन पाइन्थ्यो । त्यसबेला नयाँ लुगाको बास्ना कम्ता मन पर्दैनथ्यो । भान्सामा मीठोमसिनो पाक्ने चाड पनि दशैं । टन्न मासु खान पाइने लोभ हुन्थ्यो । त्यसबेला मात्र हाम्रो भान्सामा चामलको भात पाक्थ्यो । वर्षमा यदाकदा मात्र चामलको भात खान पाउँदा त त्यो उल्कै मीठो हुने नि । अहिले पो सहरमा ढिंडो खोज्दै हिंडिन्छ । त्यसबेला चाहिं ठीक उल्टो थियो । पहिले पहिले घरमा मकैको भात वा ढिंडो मात्र पाक्ने । ढिंडो र मकैको भात खाँदा–खाँदा वाक्क भएर चामलको भात खोजिन्थ्यो । अनि त्यो अवसर चाहिं दशैंमा जुथ्र्यो । अहिले खाजामा चिउरा भन्नासाथ हामी मुख बिगार्छौं । त्यसबेला चिउरा भनेको खास ह...
यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’

अर्थतन्त्र, आर्थिक, विचार, विचार
अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ । पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । हाइड्रोजन निकाल्न पानीलाई ‘ब्रेक डाउन’ गर्नुपर्छ । इलेक्ट्रोलाइसिस विधिबाट पानी (एचटूओ) हाइड्रोजन र अक्सिजनलाई छुट्याउने गरिन्छ । यसपछि यी दुवै अलग–अलग निस्कन्छन् । यसरी निकालिएको हाइड्रोजन विभिन्न ठाउँमा प्रयोग हुन्छ । हाइड्रोजनबाटै चल्ने विभिन्न ठूला–ठूला गाडी पनि बन्न थालेका छन् । पानी जहाजमा पनि हाइड्रोजन प्रयोग हुन थालेको छ । भारी सवारी साधन पनि यसबाटै चलाउन थालिएको छ । रेल र विमानहरुमा पनि यसको प्र...
बैंकिङ्ग क्षेत्रमा बढेका पाइला  : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

बैंकिङ्ग क्षेत्रमा बढेका पाइला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari

SYM Poetry Competition 2077, आर्थिक, विचार, विचार
पचास वर्ष अघि बीस वर्ष उमेर नपुग्दै आजको दिन ( २०२९ असोज ५ गते ) देशको केन्द्रीय बैंक " नेपाल राष्ट्र बैंक " को सेवामा खुला प्रतिस्पर्धाको माध्यमबाट जोडिएको थिए । शिक्षाको महत्त्व : बिरगंज स्थित ठाकुर राम कलेजमा आइ एस्सि पढ्दा पढ्दै जागिर त शुरु गरे तर पढाइलाई निरन्तरता नदिएको कारण बढुवामा निकै पछाडी परेको थिएँ । पछि प्राइभेट परिक्षार्थिको रूपमा प्रमाणपत्र तह र स्नातक गरि १४ वर्ष पछि मात्र प्रधान सहायक पदमा बढुवा हुन सकेको थिएँ । काममा दिनुपर्ने ध्यान : त्यस भन्दा अघि जागीर खाएको एक वर्ष नगुग्दै भारु सटही काउन्टरमा काम गर्दा आफ्नै असावधानीवश करिब रु ६ हजार जति नगद कम भै सोधभर्ना तिर्नु पर्दा केही आर्थिक संकट परेको तितो अनुभव व्यहोर्नुपरेको थियो । वृत्ति विकासको खोजी: जिल्ला स्थित शाखा कार्यालयमा काम गर्दा अपेक्षित वृती विकास नहुने देखेर २०४५ साल तिर केन...
स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! : अनिता कोइराला

स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! : अनिता कोइराला

SYM शुद्ध सकारात्मकता, विचार, विचार
रमेश प्रसाईं छ नि बाबु ::: राम्रो बोल्छ नि! आँखा टालिएको मान्छे क्या, अब तिनले आँखा देख्न सक्छ रे, अपरेसन हुँदै छ रे।’असी वर्ष पुग्न लाग्नु भएको ससुरा बाले खबर भान्सासम्म आएर सुनाउँदै हुनुहुन्थ्यो। ‘कसले भन्यो बाबा हजुरलाई’ हाँस्दै छोराले सोध्नुभयो। म पनि कान ठाडा पार्दै बाउ छोराको वार्तालाप सुन्दै थिएँ। ‘युट्युबमा भनेको रे, आमालाई सबै सम्चार थाहा हुन्छ नि, जतिखेर पनि युट्युब हेर्छे। बाबु, खोरियाको सञ्जयलाई चिन्छस्?’‘किन नचिन्नु, पिच्कुको कान्छो छोरो होइन?’  ‘हो! ठ्याक्कै चिनिस्। तँभन्दा निकै कान्छो हो। आज साउदीबाट भिडिओ कल गरेको थियो। गाउँमा पक्की घर बनायो रे, चार कठ्ठा घडारी पनि जोडेको छ रे, हाम्रो रुप्नी खेत नजिकै।’ ससुरा बाको मुहारमा प्रसन्नता छताछुल्ल देखिन्थ्यो। बहत्तर वर्षीय सासू र असी वर्ष पुग्न लाग्नु भएको ससुरा बा काठमाडौंको घरभित्र एउटा सान...
हिजोको बागमती फर्केर आउँदैन ? : मधुकर उपाध्या

हिजोको बागमती फर्केर आउँदैन ? : मधुकर उपाध्या

विचार, विचार
सामाजिक सञ्जालमा दुर्लभ ऐतिहासिक तस्बिर र भिडिओहरू सार्वजनिक गर्दै आएको ‘भिन्टेज नेपाल’ ले भदौ ७ गते मंगलबार दुइटा तस्बिर ट्वीट गर्‍यो। पहिलो तस्बिर सन् १९७० दशकमा वुल्फगेङ अल्टभाटरले खिचेका रहेछन् जसमा सानेपा, राजतीर्थको तत्कालीन बागमती किनारको दृश्य देखिन्छ। तस्बिरमा मृत्युपछि पानीको अन्तिम थोपा मुखमा पारिदिन शव सुताइने ब्रह्मनाल छ। ब्रह्मनालसँगै नदीसम्म आउने पाँच खुड्किला सिँढी छन्। नदी किनार एक महिला लुगा धुँदै छिन्, अर्की महिला धार्मिक प्रयोजनका लागि पानी थाप्न आएजस्ता देखिन्छिन्। त्यहीँ साना केटाकेटी पनि छन् जो सायद लुगा धुन आएकी महिलाका सन्तान हुन्। पछाडि मन्दिर छ, मन्दिरसँगै किरियापुत्रीहरू बस्ने घर छ र घरको माथिल्लो तल्लामा सेतो वस्त्र लगाएर किरिया बसिरहेका एक पुरूष छन्। अर्को तस्बिर त्यही ठाउँको अहिलेको दृश्य हो जसमा सानेपा, राजतीर्थको घाटमाथि पुल...