२०८३ बैशाख २४

Author: Senior Editor Nima

छानविन समितिको निष्कर्ष- विमला वलीले मर्यादा भुलेर अरूको घरमा झगडा गर्न जानू गलत

छानविन समितिको निष्कर्ष- विमला वलीले मर्यादा भुलेर अरूको घरमा झगडा गर्न जानू गलत

राजनीति
नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिले निकालेको छ। जेठ ३१ गते बिहान तत्कालिन लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र साढे तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्।  घटना बाहिरिएपछि छानविन गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको तीन सदस्य छानविन समिति बनेको थियो। छानविन समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए। उक्त समितिले तयार पारेको प्रतिवेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री...
अध्यक्ष नेपालसित भारतीय राजदूतको भेट

अध्यक्ष नेपालसित भारतीय राजदूतको भेट

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसित नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । शनिबार साँझ शिष्टाचार भेटका निम्ति राजदूत श्रीवास्तव नेपालको निवास कोटेश्वर पुगेका हुन् । भेटमा नेपाल भारत–सम्बन्धलगायत विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिए । “उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिएको समस्याका विविध विषयमा कुराकानी भयो,” उनले फेसबुकमा लेखेका छन् । ...
देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक

देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता लेखकले देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कामबाट नै प्रमाणित भएको जिकिर गरे । उनले जुन उद्देश्यले सरकार गठन भएको हो, अहिले सोहीअनुरूप काम भइरहेको उल्लेख गरे । उनले वर्तमान सत्ता गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको भन्दै अहिले सोहीअनुसार काम भइरहेको पनि बताए । पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकाले अब छिट्टै ती काम पनि सम्पन्न गरिने उनको भनाइ छ । सभापति देउवाले काम गर्न नसकेको भन्ने कुरामा कुनै सत्यता नभएको उनले उल्लेख गरे । आउँदो निर्वाचनमा कांग्रेस एकताबद्ध भ...
कमरेड शब्द मलाई असाध्यै मन पर्छ : कमल थापा

कमरेड शब्द मलाई असाध्यै मन पर्छ : कमल थापा

राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति जनाउनु नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा मालेका पोलिटब्युरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै उनले कमरेड भन्नुमा आपत्ति जनाउनु नपर्ने बताएका हुन् । उनले आफूलाई कमरेड शब्द धेरै मनपर्ने भन्दै कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिइने बताए । अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष समेत गरे । देशमा भइरहेको भ्रष्टाचारबिरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको भन्दै आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरे । “कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो,” उनले भने, “कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार...
माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

राजनीति
काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे ।  कार्यक्रममा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जवरजस्त ढंगले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरुको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन , बेरोजगारी, भ्रस्टाचार र कुशासनको अन्त्यका लागि जनता जागरुक हुनुपर्ने बताए ।  थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब  राप्रपा नेपालले अबलम्बन ग...
छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या हुँदैनः राष्ट्रपति 

छुट्टै कानून विश्वविद्यालय स्थापना गर्न कानूनी समस्या हुँदैनः राष्ट्रपति 

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताएकी छन्। शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानून विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानूनी समस्या नहुने बताएकी हुन्। उनले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइन्। राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीको सामना गर्नसक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताइन्। ‘हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त न...
दुई देशका लागि राजदूत नियुक्त

दुई देशका लागि राजदूत नियुक्त

राजनीति
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्। ...
सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको कोइराला पक्षको आरोप

सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको कोइराला पक्षको आरोप

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । हिजोबाट सुरु भएर आज सकिएको कोइराला पक्षीय भेलाले सरकारबाट देशमा बजेट बनाउनेदेखि पछिल्लो समय चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको निष्कर्ष निकालेको हो । "व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ," कोइराले पक्षीय नेता डा. गोविन्द पोखरेलले भने । अर्थतन्त्रका सूचकहरू राम्रोसँग चलाउने कुरामा सरकारले कांग्रेसले हामीले गरेका वाचाअनुसार पूरा गर्न नसकेको उनको भनाइ छ । परराष्ट्र नीतिमा कांग्रेसको पहलमा सबैको साझा नीति बनाउनुपर्ने आफूहरूले जोड दिएपनि त्यसमा सफल हुन नसकेको कोइराला पक्षको भनाइ छ ।  ...
देउवाविरुद्ध कोइराला पक्षले देशभर अभियान चलाउने

देउवाविरुद्ध कोइराला पक्षले देशभर अभियान चलाउने

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।  शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निष्कर्ष निकालिएको बताए । साथै देउवाविरुद्ध देशभर अभियान चलाइने उनले बताए । "अहिले नेपाली कांग्रेसको भन्दापनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ । उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशनप्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरूको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहेको छैन । यसको विरुद्ध हामी हरेक प्रदेश पालिका, सबैतिर परिचालन गरी कांग्रेसलाई बलियो बनाउने पार्टी विधानअनुरूप चलोस् भनेर दबाब दिने कुरामा छौँ," उन...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति यस्तो बन्यो (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति यस्तो बन्यो (सूचीसहित)

राजनीति
काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को केन्द्रीय समिति सार्वजनिक गरिएको छ । शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै पार्टीले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको हो । "आज मिति २०७९ असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टी रहेको छ," पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  पार्टी सभापतिमा रवि लामिछाने रहेका छन् । प्रवक्तामा डा. मुकुल ढकाल छन् ।  अरू सबैलाई सदस्यमा राखिएको छ ।  सदस्यमा डोल प्रसाद अर्याल कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, वसुमाया तामाङ्ग, उपेन्द्र पाण्डे, इथा मुल्ला मिया, गणेश पराजुली, सोविता गौतम, कुसुम महर्जन, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभ...