२०८१ बैशाख १३

कमरेड शब्द मलाई असाध्यै मन पर्छ : कमल थापा




काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कमरेड भन्नुमा आपत्ति जनाउनु नपर्ने बताएका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा मालेका पोलिटब्युरो सदस्य रहेका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै उनले कमरेड भन्नुमा आपत्ति जनाउनु नपर्ने बताएका हुन् । उनले आफूलाई कमरेड शब्द धेरै मनपर्ने भन्दै कमरेडकै रूपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिइने बताए ।

अध्यक्ष थापाले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष समेत गरे । देशमा भइरहेको भ्रष्टाचारबिरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको भन्दै आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरे ।

“कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो,” उनले भने, “कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रूपमा सम्बोधन गर्न चाहन्छु ।”

उनले हिन्दुराष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रह समेत गरे ।

Copy link
Powered by Social Snap