२०८३ बैशाख २४

Author: Senior Editor Nima

प्रधानमन्त्री देउवासित लिउको भेट

प्रधानमन्त्री देउवासित लिउको भेट

राजनीति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गरेका छन् । शिष्टाचार भेटका लागि आइतबार दिउँसो लिउ नेतृत्वको टोली बालुवाटार गएको हो । चारदिने नेपाल भ्रमणका लागि आजै बिहान काठमाडौं आएका लिउले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ । उनले सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्नेछन् । मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । ...
विदेशी शक्तिको आडमा हिन्दुराज्य गुम्दा धर्म परिवर्तनको डढेलो लाग्यो : कमल थापा

विदेशी शक्तिको आडमा हिन्दुराज्य गुम्दा धर्म परिवर्तनको डढेलो लाग्यो : कमल थापा

राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालले गुमाएको हिन्दुराष्ट्रको पहिचान पुनः स्थापना हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विदेशी शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता लादिएको जिकिर गरे । उनले नेपाललाई हिन्दुराष्ट्रका रूपमा पुनःस्थापना गरेर हिन्दु, बौद्ध, किराँत, शिख, जैनलगायत सम्पूर्ण सम्प्रदायको अधिकार सुनिश्चित गरिने बताए । अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै जागरुक हुन आवश्यक रहेकामा जोड दिए । ...
केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न शेखर समूहको बैठक बस्दै 

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न शेखर समूहको बैठक बस्दै 

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । पार्टीको सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा कस्ता एजेन्डा लिएर उपस्थित हुने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । नेता कोइरालाको सचिवालय बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा समूहका निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा पार्टीको १४औँ महाधिवेशनमा पराजित नेताहरूको उपस्थिति रहने एक नेताले जानकारी दिए । गएको स्थानीय तह निर्वाचनको समीक्षा तथा पार्टी सञ्चालनका विविध विषयहरूमा छलफल गर्न यही असार २७ गतेका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएको छ । ...
बुढीगंगा ३ मा कांग्रेसलाई ३०९ मतले पछि पार्दै एमालेका अधिकारी विजयी

बुढीगंगा ३ मा कांग्रेसलाई ३०९ मतले पछि पार्दै एमालेका अधिकारी विजयी

राजनीति
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ३ को वडाध्यक्षमा एमालेका खडकबहादुर अधिकारी विजयी भएका छन् । कांग्रेसका गोरखबहादुर रौलेलाई ३०९ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् ।  एमालेका अधिकारीले ५२८ ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेसका रौलेले २१९ मत मात्र ल्याए । एमालेले १० वडामध्ये पाँच वडामा जित निकालिसकेको छ । एमालेले वडा नम्बर १, २, ३, ९ र १० मा जित हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ८ मा जित निकालेको छ । ...
मन्त्री प्रदीप यादवलाई पर्सामा ५१ किलोको मालाले स्वागत

मन्त्री प्रदीप यादवलाई पर्सामा ५१ किलोको मालाले स्वागत

राजनीति
वीरगञ्ज । पर्सामा नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको छ । मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला पर्साको वीरगञ्ज पुगेका यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको हो । वीरगञ्जको नगर सभा गृहमा आयोजित सम्मान कार्यक्रमकाबीच मन्त्री यादवलाई ५१ किलोको मालाले स्वागत गरिएको जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । त्यसअघि बाराको सिमरा बिमानस्थलमै पुगेर वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलगायत जसपाका नेता, कार्यकर्ताहरूले उनको स्वागत गरेका थिए । सम्मान सभालाई सम्बोधन गर्दै उनले संघ र प्रदेशको निर्वाचनमा पर्सा जिल्ला जसपाको कब्जामा हुने दाबी गरे । चुनावको मुखमा मन्त्री बनेको बताउँदै उनले प्रधानमन्त्री, भौतिक पूर्वाधार, अर्थ लगायतका अन्य वि...
बुढीगंगा ८ मा कांग्रेसका रमेशबहादुर रावल विजयी

बुढीगंगा ८ मा कांग्रेसका रमेशबहादुर रावल विजयी

राजनीति
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ८ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विराज रावलले ३०१ मत ल्याए । अहिलेसम्म पाँच वडाको अन्तिम मत परिणाम आएको छ । जसमा चार वडामा एमाले तथा एउटा वडामा कांग्रेस विजयी भएको छ ।  ...
चार बुँदे सहमतिपछि चल्न थाल्यो कर्णाली प्रदेशसभा बैठक

चार बुँदे सहमतिपछि चल्न थाल्यो कर्णाली प्रदेशसभा बैठक

राजनीति
आर्थिक वर्ष ०७९/८० को बजेटमा केन्द्रित कर्णाली प्रदेशसभाको बैठक १२ दिनपछि पुनः चल्न थालेको छ। प्रमुख प्रतिपक्षी दलले अवरोध गर्दै आएको प्रदेशसभा बैठक सत्तारूढ दल र एमालेबीच चार बुँदे सहमति भएपछि शुक्रबारदेखि सञ्चालनमा आएको हो। एमालेले आफूसँग गत वर्ष भएका माग कार्यान्वयन नभएको भन्दै असार १२ गतेदेखि सदन अवरूद्ध गर्दै आएको थियो। शनिबार बिहान बसेको सर्वदलीय बैठकले विभिन्न चार वटा विषयमा सहमति गरेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत् प्रस्तावित योजनाहरूको एकमुष्ट रूपमा फिर्ता लिने र विनियोजन रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधिअनुसार योजना छनोट गरिसक्ने सहमति भएको छ। विनियोजन किताबमा कर्णाली प्रदेशसभा बाहिरका भौगोलिक क्षेत्रलाई समावेश भएका सबै योजनाहरूको नाम हटाउने, १५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रा...
चुनावमा पैसाको खोलो बगाउने प्रवृत्तिको अन्त्य गर्न अभियान आवश्यक : सभामुख सापकोटा

चुनावमा पैसाको खोलो बगाउने प्रवृत्तिको अन्त्य गर्न अभियान आवश्यक : सभामुख सापकोटा

राजनीति
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति अन्त्यका लागि अभियान नै चलाउनुपर्ने बेला आएको बताएका छन् ।  शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’मा सभामुख सापकोटाले चुनावका बेला हुने विकृति अन्त्य गरेर पैसा नै खर्च नगरी चुनाव लड्न सकिने वातावरण बनाउनुपर्ने बताए  । उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउनेजस्तो डरलाग्दो अवस्था देखिएको पनि बताए । त्यस्ता विकृति र विसंगति अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरूलाई उनले आग्रह गरे । उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उमेदवारलाई जिताउन पनि चुनावमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।  "चुनावको बेलामा यति धेरै पैसाको खोलो बग्छ कि त्य...
माधव नेपालको दाबी– गिरिजाप्रसाद कोइरालालाई मैले प्रधानमन्त्री बनाएको हुँ

माधव नेपालको दाबी– गिरिजाप्रसाद कोइरालालाई मैले प्रधानमन्त्री बनाएको हुँ

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।  शनिबार बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बनाएको र पछि उनले आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।  "जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो । तर, मैले उहाँ (गिरिजाप्रसाद कोइराला)लाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो," उनले भने । अर्को प्रसंगमा उनले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्मै निरन्तरता पाउने बताए । ...
सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध गरेन : ओली

सरकारले किसानका लागि मल ल्याउने प्रबन्ध गरेन : ओली

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को रोस्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेको तर मल ल्याउने प्रबन्ध भने नगरेको बताएका हुन् । शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले किसानले कसरी मल पाउँछन् ? भनी सरकारलाई प्रश्न समेत गरे । सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै उनले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने जिकिर गरे। अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको पनि पटक–पटक दोहोर्‍याए । ...