२०८१ बैशाख ८

अध्यक्ष नेपालसित भारतीय राजदूतको भेट




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसित नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । शनिबार साँझ शिष्टाचार भेटका निम्ति राजदूत श्रीवास्तव नेपालको निवास कोटेश्वर पुगेका हुन् ।



Advertisement



भेटमा नेपाल भारत–सम्बन्धलगायत विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिए ।

“उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिएको समस्याका विविध विषयमा कुराकानी भयो,” उनले फेसबुकमा लेखेका छन् ।

Copy link
Powered by Social Snap