२०८१ बैशाख ११

देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक




काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको जिकिर गरेका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता लेखकले देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कामबाट नै प्रमाणित भएको जिकिर गरे । उनले जुन उद्देश्यले सरकार गठन भएको हो, अहिले सोहीअनुरूप काम भइरहेको उल्लेख गरे ।

उनले वर्तमान सत्ता गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको भन्दै अहिले सोहीअनुसार काम भइरहेको पनि बताए ।

पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकाले अब छिट्टै ती काम पनि सम्पन्न गरिने उनको भनाइ छ । सभापति देउवाले काम गर्न नसकेको भन्ने कुरामा कुनै सत्यता नभएको उनले उल्लेख गरे ।

आउँदो निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जाने पनि उनले बताए ।

Copy link
Powered by Social Snap