२०८१ बैशाख १२

सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको कोइराला पक्षको आरोप




काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सरकारले व्यापक रूपमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।



Advertisement



हिजोबाट सुरु भएर आज सकिएको कोइराला पक्षीय भेलाले सरकारबाट देशमा बजेट बनाउनेदेखि पछिल्लो समय चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको निष्कर्ष निकालेको हो ।

“व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ,” कोइराले पक्षीय नेता डा. गोविन्द पोखरेलले भने ।

अर्थतन्त्रका सूचकहरू राम्रोसँग चलाउने कुरामा सरकारले कांग्रेसले हामीले गरेका वाचाअनुसार पूरा गर्न नसकेको उनको भनाइ छ ।

परराष्ट्र नीतिमा कांग्रेसको पहलमा सबैको साझा नीति बनाउनुपर्ने आफूहरूले जोड दिएपनि त्यसमा सफल हुन नसकेको कोइराला पक्षको भनाइ छ । 

Copy link
Powered by Social Snap