२०८१ बैशाख ८

दुई देशका लागि राजदूत नियुक्त




शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।



Advertisement



राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैरआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।


Copy link
Powered by Social Snap