२०८१ बैशाख ८

माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश




काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे । 



Advertisement



कार्यक्रममा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जवरजस्त ढंगले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरुको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन , बेरोजगारी, भ्रस्टाचार र कुशासनको अन्त्यका लागि जनता जागरुक हुनुपर्ने बताए । 

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब  राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित राप्रपा नेपालमा समाहित भएको बताए ।

यसैगरी राप्रपाका गौरव नेपालीको नेतृत्वमा १०५ जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए । 

Copy link
Powered by Social Snap