२०८० चैत्र १६

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति यस्तो बन्यो (सूचीसहित)




काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को केन्द्रीय समिति सार्वजनिक गरिएको छ । शुक्रबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै पार्टीले २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको हो ।

“आज मिति २०७९ असार १७ गते राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न गोलाकारभित्र घण्टी रहेको छ,” पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 



Advertisement



पार्टी सभापतिमा रवि लामिछाने रहेका छन् । प्रवक्तामा डा. मुकुल ढकाल छन् । 

अरू सबैलाई सदस्यमा राखिएको छ । 

सदस्यमा डोल प्रसाद अर्याल कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, वसुमाया तामाङ्ग, उपेन्द्र पाण्डे, इथा मुल्ला मिया, गणेश पराजुली, सोविता गौतम, कुसुम महर्जन, विष्णुकुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कुलुजु, रविना घिमिरे र एलिजा गुरुङ रहेका छन् ।

Copy link
Powered by Social Snap