‘जसपा उपेन्द्र यादव र बाबुराम भट्टराईको मात्र हो ?’
काठमाडौं । विवादकैबीच सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले केन्द्रीय समिति बैठक असार २७ र २८ गतेका लागि आह्वान गरेको छ । वीरगञ्जमा बस्ने बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीच पार्टी सञ्चालका विषयमा विवाद छ । विशेषरी भट्टराई र यादवबीच अधिकार बाँडफाँटलाई लिएर टसल बढेको छ ।
यादवले पार्टी सञ्चालनदेखि राजदूत नियुक्ति र टिकट वितरणमासमेत एक्लौटी गरेको भट्टराई पक्षको आरोप छ । राष्ट्रिय सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा अध्यक्ष यादवले एक्लौटी टिकट बाँडेको गरेको भट्टराईको गुनासो छ ।
यादव पक्षले भने सानो शक्ति ल्याएर पार्टी एकता गरेका भट्टराईले धेरै भाग खोजेको बताउँदै आएको छ ।
चार द...









