२०८१ बैशाख ८

देउवाविरुद्ध कोइराला पक्षले देशभर अभियान चलाउने




काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूको भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ । 

शुक्रबार सकिएको कोइराला पक्षीय बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निष्कर्ष निकालिएको बताए । साथै देउवाविरुद्ध देशभर अभियान चलाइने उनले बताए ।



Advertisement



“अहिले नेपाली कांग्रेसको भन्दापनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ । उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन
प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उहाँहरूको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहेको छैन । यसको विरुद्ध हामी हरेक प्रदेश पालिका, सबैतिर परिचालन गरी कांग्रेसलाई बलियो बनाउने पार्टी विधानअनुरूप चलोस् भनेर दबाब दिने कुरामा छौँ,” उनले भने ।

उनकाअुसार बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको छ । सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको निष्कर्ष पनि शेखर समूहले निकालेको छ ।

पोखरेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको बताए । बजेट बनाउँदा चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि कोइराला समूहको निस्कर्ष छ ।

Copy link
Powered by Social Snap