२०८३ बैशाख २४

Author: Senior Editor Nima

सीपीसीका विदेश विभाग प्रमुख लिउले भेटे प्रचण्ड 

सीपीसीका विदेश विभाग प्रमुख लिउले भेटे प्रचण्ड 

राजनीति
काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । दाहालको निवास खुमलटार पुगेर लिउले भेट गरेका हुन् । यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा लिउले नेपालको भूमि चीन विरोधी गतिविधि हुन नहुनेमा ध्यानाकर्षण गराएका थिए । ...
सरकारको अधोगति नरोके श्रीलंकाको अवस्थामा पुगिन्छ : केपी ओली

सरकारको अधोगति नरोके श्रीलंकाको अवस्थामा पुगिन्छ : केपी ओली

राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अहिलेको काम कारबाहीले मुलुकलाई श्रीलंकाको अवस्थातर्फ अघि बढाएको बताएका छन् । काठमाडौंमा सोमबार सम्पादकहरुसँग कुरा गर्दै उनले भने, “यही ढंगले जाने हो भने अधोगतिमा ब्रेक नलागे कम्तिमा पनि श्रीलंकाको अवस्थामा पुगिन्छ । त्यसअघि के हो भन्न सकिन्न । तसर्थ हामी अहिले नै सतर्क हुनुपर्छ ।” ...
सरकारको प्रभावकारिता बढाउन आवश्यक : प्रदीप पौडेल

सरकारको प्रभावकारिता बढाउन आवश्यक : प्रदीप पौडेल

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको कामको प्रभावकारिताबारे छलफल हुने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनताको जनजीविकाका विषयमा सरकारले प्रभावकारिता बढाउन आवश्यक रहेको बताए । “सरकारका कमी–कमजोरीहरूका विषयमा छलफल हुन्छ । जनजीविकाको सवालमा सरकार पूर्ण असफल भयो त म भन्दिनँ, प्रभावकारिता बढाउन आवश्यक छ,” उनले भने, “मल उपलब्ध गराउने, पाठ्यपुस्तक उपलब्ध गराउने सवालमा, महँगी, शान्ति सुव्यवस्था कायम गर्ने सवालमा, हाम्रो कूटनीतिक विषयका सवालमा सरकारले लोकप्रियता बढाउनुपर्छ । अलोकप्रिय हुने निर्णय गर्नु हुँदैन ।” यस्तै, पार्टीको आन्तरिक राजनीतिका सबै समस्या समधान गर्ने गरी बैठकबाट निर्णय हुने उनले बताए । नेतृत्वलाई थप बलियो बनाउने र नेतृत्वले सबैलाई समेट्छ भनेर विश्वास दिलाउने गरी बैठक...
इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त

राजनीति
काठमाडौं । सरकारले दुई देशका लागि राजदूत नियुक्त गरेको छ ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सुशिलकुमार लम्साललाई इजिप्ट र भरतकुमार रेग्मीलाई अस्ट्रियाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् । उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...
प्रदीप पौडेल भन्छन्– चीनसँग ऋण नलिने प्रधानमन्त्रीको रणनीति समयानुकूल छ 

प्रदीप पौडेल भन्छन्– चीनसँग ऋण नलिने प्रधानमन्त्रीको रणनीति समयानुकूल छ 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चीनसँग ऋण नलिने प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति समयानुकूल भएको भन्दै स्वागत गरेका छन् । पौडेलले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको समर्थन गरेका हुन् । “चीनसँग ऋण नलिने तर अनुदान मात्र लिने प्रधानन्त्रीको रणनीति समयानुकूल छ,” पौडेलले लेखेका छन्, “आर्थिक अवस्था तरल भएको बेला देशलाई थप भार वहन गर्न अफ्ठ्यारो पर्ने स्थितिलाई रोक्न पक्कै मद्दत पुग्नेछ ।” उनले तरलता अभावको समस्या कम गर्न फजुल खर्च कटौतीमा जोड दिन सुझाव समेत दिएका छन् । “यो तरलता कम गर्न फजुल खर्च कटौती गरेर उत्पादनमा जोड दिनुपर्दछ,” पौडेलले लेखेका छन् । ...
संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्छ : शेखर

संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्छ : शेखर

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । सरकारले गएको बुधबार राष्ट्रियसभामार्फत उक्त विधेयक अघि बढाएको छ । ६ सदस्य रहने परिषद्मा तीन सदस्यको उपस्थितिमा बैठक बसेर संवैधानिक नियुक्ति गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ । सोही प्रकृतिको अध्यादेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गर्दा कांग्रेसले विरोध गरेको थियो । अहिले पनि विधेयकको नेताहरूले विरोध गरिरहेका छन् । ...
बाबुरामलाई राजनीति छोड्न आफ्नै समूहबाट सुझाव 

बाबुरामलाई राजनीति छोड्न आफ्नै समूहबाट सुझाव 

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवबीच गएको मंगलबार सहमतिमै अलग हुने समझदारी भयो । यो समझदारी कार्यकारी अध्यक्षबाटै सार्वजनिक भएपछि संघीय परिषद् अध्यक्ष भट्टराईले अब के गर्लान् भन्ने प्रश्न उठेको छ । यसबीचमा भट्टराईले आफूनिकटहरूसँग पनि परामर्श गरेका छन् । उनीहरूले भट्टराईलाई राजनीति छोड्नेसम्मका विकल्प सुझाव दिएका छन् । संविधान जारी भएलगत्तै भट्टराईले माओवादी केन्द्रबाट अलग हुने निर्णय गरेका थिए । त्यसपछि ‘परिवर्तन सम्भव छ हाम्रै पालामा’ भन्दै अभियान चलाए । उक्त अभियानमा माओवादी केन्द्रसहित विभिन्न पार्टीमा निराश भएकाहरू सामेल भएका थिए । अन्यत्र निराश भएकालगायत व्यक्तिहरू सहभागी गराएर नयाँ शक्ति पार्टी बनाए । पाँच वर्ष नयाँ शक्ति चलाउँदा अरू पार्टीबाट आएकाहरू अधिकांश सम्बन्धित पार्टी...
स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो- प्रधानमन्त्री देउवा

स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो- प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन्। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टालाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्य लगायतका विधामा योगदान दिने स्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हुन्। उनले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य लगायतका विधाहरू मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताए।  उनले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताए। प्रधानमन्त्री देउवाले स्रष्टा र साधकलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै यस प्रकारको सम्मानले श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताए। ‘भाषा, साहित्य, संस्कृति...
गण्डकीमा मुख्यमन्त्रीका बुवाका नाममा खोलिएको ट्रष्टलाई ५० लाख बजेट

गण्डकीमा मुख्यमन्त्रीका बुवाका नाममा खोलिएको ट्रष्टलाई ५० लाख बजेट

राजनीति
गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा १० करोड रुपैयाँ व्यक्तिका नाममा विनियोजन गरेको छ। व्यक्तिका नाममा ट्रष्ट र पार्क बनाउन उक्त रकम विनियोजन गरेको हो। असार १ गते संसदमा बजेट पेश गरेपछि सरकारले ल्याएको प्रस्तावित वार्षिक कार्यक्रममा उक्त योजना समेटिएको छ।  यसरी व्यक्तिका नाममा खोलिएका ट्रष्टमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलगायत मुछिएका छन्। मुख्यमन्त्री पोखरेलले बुवा गोवर्द्धन शर्माका नाममा तनहुँको व्यास नगरपालिका-१० मा खोलिएको कोषका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँले खर्च गर्ने गरी उक्त रकम विनियोजन गरिएको हो।  यस्तै, मुख्यमन्त्री पोखरेलकै बुबाको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’ स्थापना...
‘गायब भएका’ श्रीलंकाली राष्ट्रपतिले दिए ग्यास वितरण गर्न निर्देशन

‘गायब भएका’ श्रीलंकाली राष्ट्रपतिले दिए ग्यास वितरण गर्न निर्देशन

राजनीति
अज्ञात स्थलमा रहेका श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आइतबार बिहान अधिकारीहरूलाई  ग्यास वितरण गर्न निर्देशन दिएका छन्। शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गर्नुअघि नै उनी भागेका थिए। राजापाक्षे कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन। श्रीलंकाली अनलाइन न्युजवायरका अनुसार उनको सचिवालयले आइतबार बिहान एउटा वक्तव्य जारी गरेको छ। उक्त वक्तव्यमा खाना पकाउने ग्यास तत्काल वितरण गर्न निर्देशन दिइएको छ। वक्तव्यमा जनाइएअनुसार यस महिनाका लागि ल्याउन लागिएको ३३ हजार मेट्रिक टन एलपिजी ग्यासमध्ये पहिलो लटको ग्यास आइतबार र सोमबार श्रीलंका आइपुग्नेछ। मंगलबारदेखि ग्यास हिसाबले वितरण हुने वक्तव्यमा उल्लेख छ। सरकारी अधिकारीहरूले राजापाक्षे कहाँ छन् भन्नेबारे खुलाउन चाहेका छैनन्। राजापाक्षेले आउने बुधबार राजीनामा दिने बताएका छन्। आइतबार पनि प्रदर्शनकारीहर...