२०८१ बैशाख १४

प्रदीप पौडेल भन्छन्– चीनसँग ऋण नलिने प्रधानमन्त्रीको रणनीति समयानुकूल छ 




काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चीनसँग ऋण नलिने प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति समयानुकूल भएको भन्दै स्वागत गरेका छन् ।



Advertisement



पौडेलले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको समर्थन गरेका हुन् ।

“चीनसँग ऋण नलिने तर अनुदान मात्र लिने प्रधानन्त्रीको रणनीति समयानुकूल छ,” पौडेलले लेखेका छन्, “आर्थिक अवस्था तरल भएको बेला देशलाई थप भार वहन गर्न अफ्ठ्यारो पर्ने स्थितिलाई रोक्न पक्कै मद्दत पुग्नेछ ।”

उनले तरलता अभावको समस्या कम गर्न फजुल खर्च कटौतीमा जोड दिन सुझाव समेत दिएका छन् । “यो तरलता कम गर्न फजुल खर्च कटौती गरेर उत्पादनमा जोड दिनुपर्दछ,” पौडेलले लेखेका छन् ।

Copy link
Powered by Social Snap