२०८१ बैशाख १४

‘गायब भएका’ श्रीलंकाली राष्ट्रपतिले दिए ग्यास वितरण गर्न निर्देशन




अज्ञात स्थलमा रहेका श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आइतबार बिहान अधिकारीहरूलाई  ग्यास वितरण गर्न निर्देशन दिएका छन्।

शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गर्नुअघि नै उनी भागेका थिए। राजापाक्षे कहाँ छन् भन्ने अहिलेसम्म थाहा छैन।



Advertisement



श्रीलंकाली अनलाइन न्युजवायरका अनुसार उनको सचिवालयले आइतबार बिहान एउटा वक्तव्य जारी गरेको छ। उक्त वक्तव्यमा खाना पकाउने ग्यास तत्काल वितरण गर्न निर्देशन दिइएको छ।

वक्तव्यमा जनाइएअनुसार यस महिनाका लागि ल्याउन लागिएको ३३ हजार मेट्रिक टन एलपिजी ग्यासमध्ये पहिलो लटको ग्यास आइतबार र सोमबार श्रीलंका आइपुग्नेछ।

मंगलबारदेखि ग्यास हिसाबले वितरण हुने वक्तव्यमा उल्लेख छ।

सरकारी अधिकारीहरूले राजापाक्षे कहाँ छन् भन्नेबारे खुलाउन चाहेका छैनन्। राजापाक्षेले आउने बुधबार राजीनामा दिने बताएका छन्।

आइतबार पनि प्रदर्शनकारीहरू राष्ट्रपति निवासमै छन्।

Copy link
Powered by Social Snap