२०८३ बैशाख २४

Author: Senior Editor Nima

‘लिउको भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको हो’

‘लिउको भ्रमण चीनविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको हो’

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताएका छन् ।  बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै खनालले विदेशीहरूले चिनकाविरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताए । उनले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनकाविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको पनि बताए । पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताए । उनको भ्रमणसँगै नेपाल र चीनबीचको आगामी सम्बन्ध अझ राम्रो हुने उ...
ओलीको दाबी– मैले ५७ वर्षको राजनीतिक जीवनमा मानव अधिकार उल्लंघन गरिनँ

ओलीको दाबी– मैले ५७ वर्षको राजनीतिक जीवनमा मानव अधिकार उल्लंघन गरिनँ

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीतिक जीवनको ५७ वर्षमा मानव अधिकारको उल्लंघन नगरेको दाबी गरेका छन् । बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३औँ स्थापना दिवसमा ओलीले आफूले मानव अधिकारको उल्लंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाए । "म दाबीका साथ के भन्न सक्छु भने– यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो । मेरो लडाइँ भनेको मानव अधिकारका लागि । र, म अर्को के भन्छु भने– मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उल्लंघन गरेको छैन । मैले मानव अधिकारको उल्लंघन गरेको छैन । र, मानव अधिकारको उल्लंघन गर्दिनँ," ओलीले भने । ओलीले राजनीति विकृत भए मानव अधिकारको उल्लंघनको घटना बढे...
विश्वप्रकाशलाई बुढाथोकीको आग्रह– पहिले  जिल्लाको द्वन्द्व मिलाउनोस् 

विश्वप्रकाशलाई बुढाथोकीको आग्रह– पहिले  जिल्लाको द्वन्द्व मिलाउनोस् 

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव बुढाथोकीले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई गृहजिल्लाको आन्तरिक द्वन्द्व मिलाउन आग्रह गरेका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार उनले निर्वाचनको सम्मुखमा पार्टीका पदाधिकारीले गुटगत बैठक गर्न नहुनेमा जोड दिए । “पार्टीमा गुटगत बैठक हुनु भएन । नेताहरूले छुट्टाछुट्टै बैठक गर्न थाल्नुभयो भने तलका कार्यकर्ता पनि विभाजित हुन्छन्,” उनले बैठकमा भने, “चुनावको सम्मुखमा पार्टीका पदाधिकारीले नै गुटगत बैठक गर्ने कुरा राम्रो भएन । पार्टीलाई मिलाएर जाने कुरामा पदाधिकारी जिम्मेवार हुनुपर्‍यो ।” उनले महामन्त्री शर्माले पहिले झापाको विवाद मिलाउनुपर्ने बताए । “महामन्त्री विश्वप्रकाश शर्माजीले जिल्ला मिलाउनुपर्छ । हामीले टिकट दिएको खोसिदिनुभयो । यही कारण झापामा पार्टीमा द्वन्द्व छ । उहाँले पहिले यसलाई मि...
सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति, संसद् अवरोध हट्ने

सुदूरपश्चिममा सरकार र एमालेबीच सहमति, संसद् अवरोध हट्ने

राजनीति
धनगढी । सुदूरपश्चिम सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति भएको छ । प्रतिपक्षी दल एमालेले राखेका १४ बुँदे मागलाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए । आज सरकारका तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र एमालेका तर्फबाट संसदीय दलका नेता प्रकाशबहादुर शाह, प्रमुख सचेतक लिलाधर भट्ट, लोसपाका तर्फबाट संसदीय दलका नेता कृष्ण चौधरी र प्रदेश संसद बलदेव रेग्मीको सहभागितामा भएको बैठकमा सहमति भएको हो ।  सहमतिसँगै अब प्रदेश सभा बैठक सञ्चालन हुने भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएको थियो ।  ...
लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै एमालेले गर्‍यो बैठक बहिष्कार

लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै एमालेले गर्‍यो बैठक बहिष्कार

राजनीति
काठमाडौं । नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको मंगलबारको बैठक बहिष्कार गरेको छ । मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो ।  बैठकमा सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए  । तर, एमाले सांसद विशाल भट्टराई र गोकुल बाँस्कोटालगाएतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताएका थिए । लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको भनाइ थियो । सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर सभापतिको विषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरूले सभापति फेरिएपछि मात्रै लेखा समि...
उपेन्द्रलाई बाबुरामको आग्रह– गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनोस् 

उपेन्द्रलाई बाबुरामको आग्रह– गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनोस् 

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आह्वान गरेका छन् । आफूपक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगन्जमा सुरु हुन लागेको केन्द्रीय समितिको बैठकलाई गुटको बैठकको संज्ञा दिएका छन् । बैठक रोकेर वार्तामा आउन उनको आग्रह छ । उनले बैठकमा आफ्ना कुरा राख्न दिन समेत आग्रह गरेका छन् । “कुनै बाउआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यस्तै हो, हामी पनि पार्टी फुटाउन चाहन्नौँ । अवैध र गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनुहोस्, बैठक बसौँ,” उनले भने, “त्यहाँ आएर हामी गलत रहेछौँ भने हामीलाई नंग्याउनुहोस् । तर, बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु ।” उनले आफूहरूको पार्टीमा कालो बादल मडारिरहेको पनि बताए । ...
बाबुरामको दाबी– बहुमत हामीसँग छ, बैठकलाई अवैध भन्नु इतिहासकै झुट 

बाबुरामको दाबी– बहुमत हामीसँग छ, बैठकलाई अवैध भन्नु इतिहासकै झुट 

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीलाई फुटबाट जोगाउने श्रेय आफूहरूले पाउने अवसर रहेको बताएका छन् । आफूपक्षीय केन्द्रीय समितिको बैठकमा उनले आफूहरूको बैठकलाई अवैध भने त्यो इतिहासकै झुट हुने समेत बताए । आफूहरूसँग बहुमत रहेको उनले दाबी गरेका छन् । “संघ प्रदेश र केन्द्रका नेता र संख्याको बहुमत हामीसँग छ । यो पार्टीलाई फुटबाट जोगाउने श्रेय हामीलाई छ । कसैले यो बैठक अवैध भन्छ भने त्यो इतिहासकै झुट हो,” उनले भने, “उपेन्द्र (यादव)जीले बिनासल्लाह वीरगन्जमा बैठक बोलाउनुभएको छ । कतिपयले बाबुरामले भाग खोज्यो भने ।” ...
सत्ता र गठबन्धन टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याइयो : दाहाल

सत्ता र गठबन्धन टिकाउन संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याइयो : दाहाल

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्ता र गठबन्धन टिकाउनका लागि नै संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गराइएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा दाहालले सरकारमा रहेका दलहरू आफँैले यसअघि विरोध गरेको विधेयक दर्ता गराइनु सत्ता र गठबन्धन टिकाउनका लागि मात्र भएको बताएका हुन् । उक्त विधेयक सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै उनले राष्ट्रियसभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा बुझ्नुपर्नेमा जोड दिए । सांसद दाहालले सरकारको बेवास्ताका कारण संसद्मा विधेयक तथा कानुनहरू अलपत्र परेको र जनतालाई समस्या भएको तर्क गरे । ...
मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

राजनीति
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महँगीका कारण जनता आक्रान्त भएको बताए । उनले दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउन सरकारले ध्यान दिनुपर्ने बताए ।  बैठकमा ठेकेदारको लापरबाहीका कारण विकास निर्माणका कामहरू रोकिएको उल्लेख गर्दै सांसद विश्वकर्माले उनीहरूलाई सरकारले कडाइपूर्वक काम लगाउन निर्देशन दिनुपर्ने बताए । यस्तै, उनले बढ्दो व्यापार घाटालाई रोक्नुपर्ने बताउँदै आयातलाई कम गर्दै लैजानुपर्नेमा समेत ध्यानाकर्षण गराए । ...
सुदूरपश्चिमको बजेट छलफलमा भाग नलिने विपक्षी दलहरूको निर्णय

सुदूरपश्चिमको बजेट छलफलमा भाग नलिने विपक्षी दलहरूको निर्णय

राजनीति
धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहितका दलले प्रदेश सरकारले ल्याएको बजेट संशोधन नगरेको अवस्थामा प्रदेशसभाको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेका छन् । मंगलबार बिहान बसेको एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको बैठकले बजेट संशोधन गर्नुपर्ने, सरकार संशोधन गर्न तयार नभएको अवस्थामा प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।  बैठकमा सहभागी एक प्रदेशसभा सदस्यका अनुसार बजेट संशोधनको मागसहित प्रतिपक्ष दलले १४ बुँदे ध्यानाकर्षणपत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाउने तयारी गरेका छन् । नेकपा (एमाले) का प्रमुख सचेतक लीलाधर भट्टले पनि विपक्षी दलको संयुक्त बैठक भर्खरै सम्पन्न भएको बताउँदै छलफलका लागि मुख्यमन्त्री भट्टले बोलाएकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गइरहेको जानकारी दिए ।  "प्रदेश...