२०८१ बैशाख १४

इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त




काठमाडौं । सरकारले दुई देशका लागि राजदूत नियुक्त गरेको छ । 



Advertisement



मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सुशिलकुमार लम्साललाई इजिप्ट र भरतकुमार रेग्मीलाई अस्ट्रियाका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन् ।

उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Copy link
Powered by Social Snap