२०८१ बैशाख ८

संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्छ : शेखर




काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।



Advertisement



सोमबार कांग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

सरकारले गएको बुधबार राष्ट्रियसभामार्फत उक्त विधेयक अघि बढाएको छ । ६ सदस्य रहने परिषद्मा तीन सदस्यको उपस्थितिमा बैठक बसेर संवैधानिक नियुक्ति गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ ।

सोही प्रकृतिको अध्यादेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गर्दा कांग्रेसले विरोध गरेको थियो । अहिले पनि विधेयकको नेताहरूले विरोध गरिरहेका छन् ।

Copy link
Powered by Social Snap