तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी
भारतीय राज्य राजस्थानको विकानेर सहर भुजियाको उद्गम थलो मानिन्छ।
अहिले पनि नेपाल, भारतको भुजिया बजारमा बिकानेर, बिकाजी, हल्दिराम जस्ता भुजियाको जगजगी छ।
विदेशी कम्पनीका धेरै उत्पादनले बजार कब्जा गरेकै बेला पनि विराटनगरको 'जोशी भुजिया' एउटा यस्तो स्थानीय उत्पादन बनेको छ, जसले ४६ वर्षदेखि आफूलाई बजारमा टिकाइरहेको छ।
यसले आफूलाई टिकाएको मात्रै छैन, उत्पादक जोशी परिवारलाई कहिल्यै निराश पनि बनाएको छैन। बरू परिवारको चौथो पुस्ताका सदस्यसम्मलाई यो पुस्तैनी व्यापारले आकर्षित गरेको छ।
२९ वर्षे प्रशान्त शर्मा जोशी यसैका उदाहरण हुन्। उनले बैंगलोरमा पढे। एमबिए सकिएपछि उनी कुनै स्थापित र ठूलो कम्पनीमा आफ्नो शैक्षिक योग्यताको व्यावहारिक परीक्षण गर्न चाहन्थे।
विराटनगरमा रहेको आफ्नो पुस्तैनी व्यापारलाई करिअर बनाउने योजना बनाइसकेका उनलाई स्थापित कम्पनीहरूको बजार यो...









