२०८१ बैशाख ३

फुडमाण्डौं १२ औं वर्षमा, ग्राहकलाई छुटै छुट




नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा ग्राहहरूलाई विशेष छुट दिएको छ।

सन् २०१० नोभेम्बर ११ मा खुलेको अनलाइन फूड डेलिभरी सेवा प्रदायक फुडमाण्डौंले नेपालका प्रमुख सहरहरूमा सेवा दिइरहेको छ। 

फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न मालीले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने बताए। ‘यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँसम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं,’ उनले भने। 

यसै क्रममा फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२ प्रतिशत छुटको कुपन कोड सार्वजनिक गरेको छ। ‘हाम्रो १२ औं वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र रू. १२ मा पाइने विभिन्न खानाहरू र कम्तीमा ४० प्रतिशत बचत गर्न सकिने रू. १२०० को कम्बो खाना रहेका छन्,’ उनले भने।



Advertisement



साथै ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२ प्रतिशत (बढीमा १२० सम्म) थप छुट पाउन सक्नेछन्। डिजिटल भुक्तानीका लागि आईएमई पे, खल्ती, कनेक्ट आईपिएस, र फोनपे जस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिने मालीले जानकारी दिए। 

वार्षिकोत्सवका अफरहरू नोभेम्बर ११, २०२२ मा सुरु भएर नोभेम्बर २२, २०२२ अर्थात् १२ दिनसम्म जारी रहनेछ। 



फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले  प्रत्येक वर्ष बित्दै गर्दा, हामी हाम्रा ग्राहकहरूको सुविधा र खुसीका लागि अझ बढी परिष्कृत र विकसित हुँदै गएका बताए। उनले बाह्र वर्ष साँच्चै अविस्मरणीय रहेको भन्दै अब भविष्यमा के हुन्छ भन्ने कुराले हामीलाई थप उत्साहित बनाएको बताए।

फूड डेलिभरीमा अग्रणी नाम बनेको फूडमान्डूले, हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखरामा आफ्ना ४ लाखभन्दा बढी ग्राहकलाई ८०० भन्दा बढी लोकप्रिय रेस्टुरेन्टबाट सेवाहरू प्रदान गर्दै आएको छ। 

ग्राहकलाई सेवा दिन र दैनिक कार्य सञ्चालन गर्न कम्पनीका ३०० भन्दा बढी कर्मचारीहरू सक्रिय रुपमा काम गर्दै आएका छन्।

Copy link
Powered by Social Snap