२०८३ भाद्र ३०

Author: admin

मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?

मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?

खेलकुद
मंगलबार राती कतारको लुसेलस्थित लुसेल रंगशालामा लिओनल मेसीको जादूमयी खेलको साक्षी बन्न पाइयो। फिफा विश्वकप २०२२ को सेमिफाइनलमा मेसीले क्रोएसियाविरूद्ध आफ्नो कला देखाए। अर्जेन्टिना ३-० ले विजयी हुँदै उपाधि नजिक पुग्यो। हुन त मेसीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरूद्धको खेलमा पनि उस्तै खेल देखाएका थिए। आफ्नो वरिपरि विपक्षीलाई फनफनी नचाउने र बललाई उत्कृष्ट तवरबाट पास निकाल्दा लुसेल रंगशालामा समर्थकको हुटिङ एक्कासी बढ्थ्यो। क्रोएसियाविरूद्ध पहिलो गोल मेसीले पेनाल्टीबाट गरेका थिए। दोस्रो गोल अल्भारेजले गर्दा तेस्रो गोलमा मेसीको कला देखियो। उनले विपक्षी बक्सभित्र उत्कृष्ट तरिकाबाट बल घुमाउँदै अल्भारेजका लागि पास मिलाइदिएका थिए। मैदानमा मेसीलाई विपक्षीले चार तिरबाट घेरिरहँदा उनको खुट्टा बलबाट बल फुत्किदैन थियो। विपक्षी शारीरिक रूपमा आफूभन्दा बलिया भए पनि मेसीले विपक्षीलाई छक्याइ...
के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?

के व्यवसायीले भनेजस्तो आर्थिक गतिविधिमा मन्दी आइसकेको हो?

अर्थतन्त्र, आर्थिक
उद्योगी व्यवसायीहरूले आर्थिक गतिविधि सुस्ताएको र मन्दी छाएको बताइरहँदा राष्ट्र बैंक यो कुरा पत्याइरहेको छैन। केही समयअघि व्यवसायीहरूले भनेजसरी आर्थिक गतिविधिमा सुस्ति आए-नआएको भन्ने विषयमा अध्ययन भइरहेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका थिए। राष्ट्र बैंकले आन्तरिक भनेको यो अध्ययनको निश्कर्षमा आर्थिक गतिविधिमा सुस्तता नआएको दाबी छ। 'अहिले हाम्रो अध्ययनले मानिसहरूले एकअर्कासँग गर्ने कारोबारमा वृद्धि भइरहेको देखिएको छ,' राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने, 'त्यसैले आर्थिक गतिविधिमा खासै मन्दी आइनसकेको हाम्रो विश्लेषण छ।' २०७६ साल मंसिरबाट राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले अहिलेको अध्ययनमा यही तथ्यांकलाई हेरेको बताएको छ। वास्तविक समयमै भएको कारोबारको फर्छ्य...
युरोप–अमेरिका पठाइदिने भन्दै लाखौं रकम उठाउँदै छन् कन्सल्टेन्सीहरू!

युरोप–अमेरिका पठाइदिने भन्दै लाखौं रकम उठाउँदै छन् कन्सल्टेन्सीहरू!

देश, समाचार
गत शुक्रबार वैदेशिक रोजगार विभागले काठमाडौं, डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालि नामक शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) मा छापा मार्‍यो। छापा मार्ने क्रममा विभिन्न व्यक्तिका ८३ वटा राहदानी (पासपोर्ट) विभागको टोलीले जफत गरेको छ। राहदानीसँगै अपराध पुष्टिका लागि सहयोग पुग्ने किसिमका अन्य कागजात पनि बरामद गरेको विभागले बताएको छ। उक्त कन्सल्टेन्सीले युवायुवतीहरूलाई जापान, क्यानडा, अमेरिका लगायत आकर्षक कमाइ हुने मुलुकमा रोजगारीको प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए। उनका अनुसार उक्त कन्सल्टेन्सीले युवाहरूलाई आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर विगत लामो समयदेखि रकम तथा पासपोर्ट कब्जामा लिई झुलाइरहेको पाइएको छ। उजुरीका अधारमा विभागले कन्सल्टेन्सीमा अनुगमन गरेको हो। विभागले कन्सल्टेन्सीका ६ जना कर्मचारीलाई&...
मधेसमा एमाले र कांग्रेसको ‘कमब्याक’

मधेसमा एमाले र कांग्रेसको ‘कमब्याक’

राजनीति
मधेसका दुई मुख्य दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई विस्थापित गर्दै मधेस प्रदेशमा एमाले र कांग्रेसले ‘कमब्याक’ गरेका छन्। पाँच वर्षअघि मधेसबाट प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो बर्चश्व देखाएका दुई प्रमुख मधेशवादी दल यसपालि नराम्रोसँग खुम्चिएका छन्।  मधेसमा यसपालि सबैभन्दा ठूलो कमब्याक नेकपा (एमाले) ले गरेको छ।  अहिलेसम्म मधेसमा प्रतिनिधि सभाका ३२ सिटमध्ये ३१ क्षेत्रको मतगणना भइसकेको छ। तीमध्ये ८ स्थानमा एमालेले जितेको छ। मतगणना भइरहेको एउटा स्थानमा एमाले कांग्रेस पछि दोस्रो सथानमा छ। त्यस्तै मधेस प्रदेश सभामा पनि अहिलेसम्म आएका परिणाममा एमाले सबैभन्दा अघि छ। मधेस प्रदेशका ६४ क्षेत्रमध्ये एमालेले १३ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ। नेपाली कांग्रेसले अहिलेसम्म मधेसबाट ७ प्रतिनिधि सभा क्षेत्र जितेको छ। अहिले मतगणना भइरह...

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : केपी ओली

आर्थिक
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य भएको हुनसक्ने ओलीको आशंका छ ।  ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।’ ओलीले  जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गरेक छन् । ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले भनेका छन् । ओली...
राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजेन्द्र महतोलाई हराउँदै सर्लाही-२ मा माओवादीका महिन्द्रराय यादव विजयी

राजनीति
सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्। प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्। यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।
बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC

बुढापाकाले कान किन कम सुन्छन् ? – Dr. Arun KC

स्वास्थ्य
हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै गएपछि वृद्धवस्थामा कानको भित्री भागका नसाहरु खिइँदै जान्छ, जसले श्रवणशक्ति कम हुँदै जान्छ । वृद्धावस्थामा कुनै पनि व्यक्तिले एक्कासि कान सुन्न छोड्ने होइन । यो समस्या उमेर ढल्किंदै गर्दा बिस्तारै बिस्तारै देखा पर्छ । सुरु–सुरुमा आवाज त सुनिन्छ, तर प्रस्ट नबुझिने हुन्छ । त्यसपछि होहल्ला भएको ठाउँमा राम्ररी नसुन्ने र बिस्तारै कम हुँदैै सुन्दै नसुन्ने समस्या पनि हुन्छ । वृद्धावस्था भएका शतप्रतिशत मान्छेको नै श्रवणशक्ति कम हुन्छ वा गुम्छ भन्ने हुँदैन । ७५ वर्षको उमेर समूहका व्यक्तिमध्ये आधाको श्रवणशक्ति कम हुन्छ । ८० वर्षसम्ममा धेरैलाई यस्तो समस्या देखा परिसक्छ भने ९० वर्षसम्म लगभग सबैलाई नै यो समस्या देखिन्छ । सबैलाई एकै ...
घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

घर सजावटका लागि वालपेपर : कस्तो डिजाइन, कति मूल्य ?

अन्तर्वार्ता, अर्थतन्त्र
घरको भित्तामा थरीथरीका रंगरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन । घरलाई चिरिच्याट्ट बनाउन यस्ता अनेक विधि अपनाउने गरिएको छ । यसैको सिलसिला हो, वालपेपर पनि । भित्तामा रंगरोगन लगाउन साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ । यद्यपि कस्तो घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रंग बिग्रिन्छ वा बिग्रिंदैन ? उपभोक्तामा थुप्रै जिज्ञासा हुनसक्छ । वालपेपरको डिजाइन वालपेपरको मुख्य विशेषता भनेकै यो विभिन्न कलर र डिजाइनमा पाउनु नै हो । बैठक कोठा र शयन कक्षको भित्तालाई आकर्षक बनाउन विभिन्न फूल, प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ । यो बाहेक आफ्नो इच्छा अनुसारका वालपेपर पनि बजारमा छनोट गर्न सकिन्छ । कति पर्छ मूल्य ? ५६ स्क्वायर फिटको रोलमा यो उपलब्ध हुन्छ । एक रोल वालपेपरको १६ सय...
जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा

जसको अद्भूत क्षमता देखेर बेलायती प्राध्यापकहरू चकित खाए, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला
त्यो बेला समुद्र तरेर जानु राम्रो मानिन्थेन। विदेशिँदा समाजले अस्वीकार नै गर्थ्यो। त्यसमाथि बेलायतले भारतमाथि शासन गरिरहेकै बेला थियो। त्यस्तो परिवेशमा मद्रासका ब्राह्मण श्रीनिवास रामनुजनले यी सबै घेरा नाघ्ने हिम्मत गर्लान्? यो कथा बीसौं शताब्दीतिरको हो। रामानुजन एक गरिब परिवारका युवा हुन्, कामको खोजीमा भौंतारिरहेका छन्। कुनै औपचारिक डिग्री नभएका उनी कार्यालयहरूमा काम गर्न चाहन्छन्। आफूले बनाएका केही नोट र टिपोट नै उनको प्रमाणपत्र हो। ती कागजात हेरेर कतिले उनको तारिफ पनि गर्छन्। तर जागिर कसैले दिँदैनन्। कमाइ नभएकै कारण उनले भर्खरै बिहे गरेकी श्रीमतीलाई आफूसँग राख्न सकेका छैनन्। दिनरात भौंतारिरहेका बेला एक दिन उनी एक ठाउँमा पुगेर अडिन्छन्। त्यहाँका हाकिमले उनलाई काम दिन्छन्। उनी रामानुजनको काम देखेर प्रभावित हुन्छन्।&n...
चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता
फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो। उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार भएपछि थप कपडा दिएर जम्मा दस वटा ज्याकेट बनाए। फेसबुक र इन्स्टाग्राममा 'डिस' नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो। सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड 'डिस' थप्ने निधो गरे। 'डिसलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौं। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौं,' सुरज भन्छन्, 'उत्पादन थालेको छोटो समयमै बजारमा माग बढेको छ।' डिसले खासगरी युवा ग्राहकको रोजाइअनुसार जाडो र गर्मीयाम दुवैका लागि उपयुक्त ज्याकेट उत्पादन गर्छ। विन्डप्रुफ (हावा नछिर्ने) ...