२०८३ भाद्र २७

Author: admin

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

डाक्टर एन्थोनी फाउची भन्छन्– मलाई मार्ने धम्की आयो

अन्तर्वार्ता, आर्थिक, स्वास्थ्य
२३ साउन, काठमाडौं। अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको उनले बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की आएको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ । यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् । कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिन...
कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने, छानबिन समितिमा भने विवाद

राजनीति, समाचार
२२ साउन, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने थियो । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् । ‘हरेक ठाउँमा १०० प्रतिशत थपिन्छ भन्ने छैन । यो अधितकम सीमा मात्र हो’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टी एकतामा आएकाहरुलाई दिइने क्रियाशील सदस्य जोड्दा हाल कायम रहेको संख्या दोब्बर भने हुनसक्छ ।’ एकता प्रक्रियामा आएकाहरुलाई केन्द्रले...