२०८१ बैशाख १४

कलंकीमा बससेवाको अत्याधुनिक प्यासेन्जर लाउञ्ज सञ्चालनमा




नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बस सेवा डटकमले कलंकी स्थित् ढुंगे अड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ।

हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु लक्षित नेपालमै पहिलो पटक यस किसिमको लाउञ्ज निर्माण गरिएको हो।



Advertisement



यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बस सेवाले लाउञ्ज सञ्चालनमा ल्याएको बताइएको छ।

उक्त लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका हुन्।

कम्पनीका अनुसार लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफी खाने व्यवस्था मिलाइएकोे छ। 

उक्त लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन्। 

लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको कम्पनीले बताएको छ। 



लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए।     

बस सेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो। बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका जनाइएको छ। 

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। 

यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन्। 

यात्रुहरुले बससेवाको मोबाइलमार्फत टिकट काटी इसेवा, खल्ती, आइएमई पे लगायतका वालेटका साथै हरेक बैंकका मोबाइल बैंकिङमार्फत समेत टिकट काट्न सकिने व्यवस्था रहेको छ।

Copy link
Powered by Social Snap