२०८२ पुष ५

Author: admin

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

बैँक/ बीमा
खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताहरूले  एक हजारसम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक​ प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए । ...
पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार

पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
भटमासको किनेमा चाहियो कि, फिलिंगेको अचार! याङबेनको परिकार बनाएर पो खाने कि!  पहाडको घिउ र मह त मननपर्ने कुरै भएन। आलु, दाल, सुकुटी, चियापत्ती पनि चाहिन्छ? चामलमा मार्सी, कालो र बेलगुटी खाने भए पनि पाइन्छ। पिठो, छुर्पी, मर्चा, सिलामको छोप किन्दा पनि भयो। फलफूल र तरकारी त नपाइने कुरै भएन। मासुका अचार नै बाह्र किसिमका! यस्ता धेरै खाद्य सामग्री किन्न पाइन्छ 'बोजु स्टोर' मा।  बोजु स्टोर चलाउँछिन् २६ वर्षीया पलिना राई। उनले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका नेपाली उत्पादन आफ्नो पसलमा राखेकी छन्। पूर्वको ताप्लेजुङ, इलाम, झापा, भोजपुर, तेह्रथुमदेखि पश्चिमको हुम्ला, जुम्ला, कालिकोट, डोल्पासम्मका विशेष उब्जनी उपलब्ध छ। 'यहाँ सबै अर्गानिक र रैथाने उपज पाइन्छ,' पलिनाले भनिन्। बोजु स्टोर स्थापना भएको दुई वर्ष भयो। पलिनाले किराती खाना किनेमा,...
नेपालमा ग्रिन हाइड्रोजन सम्मेलन हुने

नेपालमा ग्रिन हाइड्रोजन सम्मेलन हुने

देश, समाचार
आगामी असोज २४ गतेदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त आयोजना आगामी असोज २४ गतेदेखि दुई दिन नेपाल ग्रिन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो । नेपाल हरित हाइड्रोजन सम्मेलनः ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ । सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको आयोजक नेपाल ग्रिन हाइड्रोजनले जनाएको छ । एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैर आवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड...
हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल

हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल

विचार, विचार
विद्यालयदेखि नै पढ्यौं– लोकतन्त्र जनताको शासन हो। यस्तो शासन व्यवस्थामा जनताद्वारा चुनिएका प्रतिनिधिहरू नै संसद र सरकारमा हुन्छन्।  संविधान र शासन व्यवस्था हेर्ने हो भने देशमा लोकतन्त्र छ। तर कतिपय व्यवहार र संस्कार हेर्ने हो भने देशमा लोकतन्त्र आएकै छैन। जनताबाट चुनिएका प्रतिनिधिहरूले आफूलाई जनताभन्दा माथि राखेका छन्। जनताले पनि आफैंले भोट दिएर पठाएकाहरूलाई ठूला बनाइदिएका छौं। जनताको सेवक र जनताप्रति जवाफदेही हुनुपर्ने जनप्रतिनिधिहरूलाई 'महामानव' बनाइदिएका छौं। केही जनप्रतिनिधिहरू जनताप्रति इमानदार र नजिक छन्। उनीहरू अपवाद हुन्। अधिकांश जनप्रतिनिधि जनताबाट टाढा छन्। उनीहरू जनताप्रति उत्तरदायी र इमानदार नभएको तथ्य पत्ता लगाउन कुनै प्राज्ञिक अनुसन्धान गर्नै पर्दैन। उनीहरूको दैनिक व्यवहार हेर्ने हो भने यो यथार्थ स्पष्ट देखिन्छ। उनीहरू जनतासँग कि त भ...
ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा

ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला
लम्बाई कम हुँदैमा छोटा फिल्मले पार्ने प्रभावको असर छोटो हुँदैन। कम समयमा चरित्र स्थापित गर्ने, द्वन्द्व सिर्जना गरी रोमाञ्च र संवेदना जगाउने, कथा र दृश्यमा आफ्नो शिल्प देखाउने चुनौती स्वीकार्दै छोटा फिल्मका सर्जकहरूले उम्दा काम गर्दै आएका छन्। अर्कोतिर, दैनिक जीवनका मसिना घटनाबाटै कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण छ। छोटा फिल्मलाई सिर्जनशील निर्देशकले छोटो समय र थोरै लगानीमा आफ्नो प्रतिभा देखाउने माध्यमसमेत बनाएका छन्। यस्तै विशेषताका कारण फिचर फिल्मसँगै छोटा फिल्मले ओस्कर, कान्सलगायत संसारभरका अवार्ड समारोहमा आफ्नो स्थान बलियो बनाएका छन्। सन् १९२९ देखि वितरण हुन थालेको ओस्करका केही वर्षमै छोटा फिल्मबीच नियमित प्रतिस्पर्धा हुन थालेको हो। सन् १९३२ मा जेम्स प्यारोटको 'म्युजिक बक्स' पहिलो पटक पुरस्कृत छोटो फिल्म हो।  आज हामीले ओ...
९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

SYM शुद्ध सकारात्मकता, कर्पोरेट, नेपाली ब्रान्ड
अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका 'रिफ्रेसमेन्ट ड्रिंक्स' मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन 'बदाम ड्रिंक्स' को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन्। 'हामी गाईको दूध, अलैंची, बदाम, केसर जस्ता कच्चा पदार्थको मिश्रणमा बदाम ड्रिंक्स बनाउँछौं,' अशोकले भने, 'विभिन्न फलफूल र ड्राइ फ्रुट्सको स्वादमा उत्पादन गर्दैछौं।' रिलायबल नेपालले चकलेट बदाम, किमु बदाम, केसर बदाम, माउन्ट-फ्रेस बदाम जस्ता दर्जन प्रकारका बदाम ड्रिंक्स उत्पादन गर्दैछ। यसबाहेक कम्पनीले भियतनामको एक शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) को फ्रेन्चाइज लिएर नेपालमै इनर्जी ड्रिंक्स उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा 'रेड-ब्लू' र 'रेड-साओला' पुर्‍याइरहेको छ। अशोकले २०६६ सालतिर रिलायबल नेपाल आयात तथा निर्यात प्रालि नामक ...
दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
चिया, साथी र गफ। यति भए हामीलाई के चाहियो! तर चियासँगै मनपर्ने मान्छेसँग मीठो गफका लागि यहाँ खोजे जस्तो ठाउँ नै कति छ र? जाडो होस् वा गर्मी, जहाँ पुगे पनि चिया पिउन रुचाउने राजिव शाही र विष्णु घिमिरेलाई पनि यस्तो ठाउँको अभाव खट्किन्थ्यो। आफ्नै व्यवसाय गरौं भन्ने सोच राखेका विष्णु र राजिवको यही अनुभवले चिया व्यवसायमा सम्भावना देखे। २०७४ तिर त्यही सम्भावनाले सञ्चालन गरे 'चिया घर'। राजिव र विष्णुसँगै थप चार जनाको लगानीमा सुरू भएको चिया घर हाल यी दुईबाहेक कृष्ण गिरीले सम्हाल्दै छन्। चिया घरको विशेषता हो, यहाँ पाइने सोह्र स्वादका चिया र पारिवारिक वातावरण। 'चिया पसल भन्नासाथ सानो ठाउँ, खचाखच मान्छे अनि अशान्त वातावरण बुझ्छौं। कि भने क्याफे, रेस्टुरेन्ट। हामीलाई यो छवि पनि फेर्नु थियो,' सञ्चालक राजिव भन्छन्, 'गाउँ–घरमा परिवारसँग चिया खाँदै आँगनमा गफिन्छौं नि! त्य...
नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

शेयर बजार
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंगले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी मार्केट र ब्रोकर स्थापना गर्नको लागि आवश्यक पर्ने कागजात बनाउन परामर्श सेवा उपलब्ध गराउने भएको छ । धितोपत्र बोर्ड असोज २ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लागि नयाँ लाइसेन्स दिन लागेपछि नविल बैंकिङले सो प्रकारको परामर्श सेवा दिन लागेको हो । वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने भएकोले निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू तयार पार्ने सेवा दिन लागिएको कम्पनीले जानकारी दिएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङले कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिव...
जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

अर्थतन्त्र, आर्थिक, नेपाली ब्रान्ड
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले घटस्थापनाको दिन थप ३ शोरुमको उद्घाटन गरेको छ ।  लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल  ट्रेडिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।  जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।   ...
पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो? तीन-चार जना व्यक्ति अटाउन गाह्रो पर्ने त्यस कोठामा दुई जना महिला भ्याइनभ्याइ झोला बुन्दै थिए, जसको तल्लो भागमा ट्याग झुन्डिएको थियो- रिभाइभ। रिभाइभ, अर्थात् कुनै कुरामा फेरि प्राण भर्नु वा पुनर्जीवित तुल्याउनु। असनस्थित ‘अपसाइकल नेपाल’ ले करिब आठ महिनादेखि पुराना जिन्सका कपडामा प्राण भर्ने काम गर्दै छ। पुष्पा स्थापित र राजन चक्रधारद्वारा सञ्चालित ‘अपसाइकल नेपाल’ ले पुराना जिन्सबाट ल्यापटप र ट्याब्लेट कभर, कि-रिङ र क्यामरा राख्ने झोला बनाउँदै आएको छ। घर-घरबाट त्यसै मिल्किने पुराना जिन्स बटुलेर नयाँ प्रयोगमा ल्याउनु उनीहरूको उद्देश्य हो। ...