२०८३ बैशाख २०

Author: admin

१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

१०० स्टार्टअपको सहभागितामा ‘आइडिया फेस्ट’

अर्थतन्त्र
२७ असोज, काठमाडौं । मा काठमाडौं कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । काठमार्डौमा आयोजना हुने स्र्टाअप फेस्ट यस वर्षको आर्ठौ कार्यक्रम हो, जसमा काठमाडौं वाहिरका ४० बढि स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनौट भएका उत्कृष्ट १२ सहित १०० बढि स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् । यस फेस्टममा विभिन्न सस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आ...
पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

पाँच गतिविधि, जो आमाबुबाले बच्चाको अगाडि गर्नु हुँदैन

विचार, विचार
काठमाडौं । बच्चाहरूमा नक्कल गर्ने बानी हुन्छ । त्यसैले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो बालबालिकाले नक्कल गर्ने मनोवैज्ञानिक अलबर्ट बान्दुराले बताएका छन् । बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन् । अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन् । त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि गर्न नहुने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् । ‘अभिभावकलाई बालबालिकाले प्रेरणाको स्रोत ‘रोल मोडल’ मानेका हुन्छन्, उनीहरूले गरेको हरेक कार्य ठीक हो भन्ने उनीहरूको बुझाइ हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले बालबालिकाको अगाडि  अभिभावकले सकारात्मक तथा राम्रो बानी व्यवहार गर्नुपर्छ ।’ यदि बालबालिकाको अगाडि नराम्रो व्यवहार गर्‍यो भने त्यो व्यवहार उसले आफ्नो उमेर समूहको साथीसँग गर्छन् । त्यसैले यी पाँच ग...
नेपालका कुन विश्वविद्यालयले कस्ता जनशक्ति उत्पादन गर्छन् ?

नेपालका कुन विश्वविद्यालयले कस्ता जनशक्ति उत्पादन गर्छन् ?

शिक्षा
नेपालमा ११ वटा विश्वविद्यालय छन् । ती ११ वटै विश्वविद्यालयमा हरेक वर्ष साढे लाख भन्दा बढी विद्यार्थी पढ्छन् । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् ।  त्रिभुवन विश्वविद्यालयमा मात्रै ३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्ष नेपालका विश्वविद्यालयमा ४ लाख ४१ हजार ८१९ विद्यार्थीले अध्ययन गरेका थिए । ती मध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयबाट ३ लाख ३५ हजार ५४३ विद्यार्थीले अध्ययन गरेका थिए ।  विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ विश्वविद्यालयबाट १८ हजार ३५६, पूर्वाञ्चल विश्वविद्यालयबाट २७ हजार ५२७, नेपाल संस्कृत विश्वविद्यालयबाट ३ हजार ७४९, पोखरा विश्वविद्यालयबाट ३० हजार ५४२, लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ६९५, कृषि तथा वन विश्वविद्यालयबाट ३ हजार ८७१, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट १० हजार ११३, मध्यपश्चिम विश्ववि...
टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

SYM शुद्ध सकारात्मकता, नेपाली चलचित्र
कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ ।  प्रेमगीत–३ नेपाली भाषाबाहेक हिन्दी, उर्दु लगायत अंग्रेजी सबटाइटलमा ५० भन्दा बढी देशमा एकसाथ सिनेमा घरको सिस्टममा प्रदर्शन भयो । यो पंक्तिकार प्रेमगीत–३ को कार्यकारी निर्माताको नाताले भन्नैपर्ने हुन्छ कि यसको निर्माणमा निकै मेहनत परेको छ । संस्थापक निर्देशक छेतेन गुरुङ, सन्तोष सेनको क्याप्टेनसिप अनि स्पट ब्वाइदेखि डाइरेक्टरसम्म टिमको अथक मेहनत छ यसमा । काठमाडौंदेखि मनाङको माइनस २९ सम्मको तापक्रम अनि दुई वर्ष भारतको मुम्बईका गल्ली गल्लीका संघर्षको कथा निकै लामो छ ।  टिमवर्कको सफल उदाहरण नै अहिलेको प्रेमगीत–३ सफलताको श्रेय हो भन्ने मैले बुझेको छु । चलचित्र छायाँकनको लागी जब हामी १३०...
खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

खल्तीबाट मेटलाईफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यास ब्याक

बैँक/ बीमा
खल्तीले मेटलाईफ इन्स्योरेन्सको बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको छ । यस अफरअनुसार प्रयोगकर्ताहरूले  एक हजारसम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली विजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्ट ब्याण्ड पनि प्राप्त गर्ने छन् । यो अफर डिसेम्बर ३१ सम्म लागु हुनेछ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास ब्याक​ प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने भएकाले भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए । ...
पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार

पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
भटमासको किनेमा चाहियो कि, फिलिंगेको अचार! याङबेनको परिकार बनाएर पो खाने कि!  पहाडको घिउ र मह त मननपर्ने कुरै भएन। आलु, दाल, सुकुटी, चियापत्ती पनि चाहिन्छ? चामलमा मार्सी, कालो र बेलगुटी खाने भए पनि पाइन्छ। पिठो, छुर्पी, मर्चा, सिलामको छोप किन्दा पनि भयो। फलफूल र तरकारी त नपाइने कुरै भएन। मासुका अचार नै बाह्र किसिमका! यस्ता धेरै खाद्य सामग्री किन्न पाइन्छ 'बोजु स्टोर' मा।  बोजु स्टोर चलाउँछिन् २६ वर्षीया पलिना राई। उनले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका नेपाली उत्पादन आफ्नो पसलमा राखेकी छन्। पूर्वको ताप्लेजुङ, इलाम, झापा, भोजपुर, तेह्रथुमदेखि पश्चिमको हुम्ला, जुम्ला, कालिकोट, डोल्पासम्मका विशेष उब्जनी उपलब्ध छ। 'यहाँ सबै अर्गानिक र रैथाने उपज पाइन्छ,' पलिनाले भनिन्। बोजु स्टोर स्थापना भएको दुई वर्ष भयो। पलिनाले किराती खाना किनेमा,...
नेपालमा ग्रिन हाइड्रोजन सम्मेलन हुने

नेपालमा ग्रिन हाइड्रोजन सम्मेलन हुने

देश, समाचार
आगामी असोज २४ गतेदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त आयोजना आगामी असोज २४ गतेदेखि दुई दिन नेपाल ग्रिन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो । नेपाल हरित हाइड्रोजन सम्मेलनः ‘पग्लिँदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएको छ । सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको आयोजक नेपाल ग्रिन हाइड्रोजनले जनाएको छ । एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैर आवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड...
हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल

हामीले नै बिगारेका हौं उनीहरूलाई! : विजयमणि पौडेल

विचार, विचार
विद्यालयदेखि नै पढ्यौं– लोकतन्त्र जनताको शासन हो। यस्तो शासन व्यवस्थामा जनताद्वारा चुनिएका प्रतिनिधिहरू नै संसद र सरकारमा हुन्छन्।  संविधान र शासन व्यवस्था हेर्ने हो भने देशमा लोकतन्त्र छ। तर कतिपय व्यवहार र संस्कार हेर्ने हो भने देशमा लोकतन्त्र आएकै छैन। जनताबाट चुनिएका प्रतिनिधिहरूले आफूलाई जनताभन्दा माथि राखेका छन्। जनताले पनि आफैंले भोट दिएर पठाएकाहरूलाई ठूला बनाइदिएका छौं। जनताको सेवक र जनताप्रति जवाफदेही हुनुपर्ने जनप्रतिनिधिहरूलाई 'महामानव' बनाइदिएका छौं। केही जनप्रतिनिधिहरू जनताप्रति इमानदार र नजिक छन्। उनीहरू अपवाद हुन्। अधिकांश जनप्रतिनिधि जनताबाट टाढा छन्। उनीहरू जनताप्रति उत्तरदायी र इमानदार नभएको तथ्य पत्ता लगाउन कुनै प्राज्ञिक अनुसन्धान गर्नै पर्दैन। उनीहरूको दैनिक व्यवहार हेर्ने हो भने यो यथार्थ स्पष्ट देखिन्छ। उनीहरू जनतासँग कि त भ...
ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा

ओस्करमा पुगेका ३ उत्कृष्ट छोटा फिल्म, हेर्नुहोस् युट्युबमा

मनोरञ्जन / कला
लम्बाई कम हुँदैमा छोटा फिल्मले पार्ने प्रभावको असर छोटो हुँदैन। कम समयमा चरित्र स्थापित गर्ने, द्वन्द्व सिर्जना गरी रोमाञ्च र संवेदना जगाउने, कथा र दृश्यमा आफ्नो शिल्प देखाउने चुनौती स्वीकार्दै छोटा फिल्मका सर्जकहरूले उम्दा काम गर्दै आएका छन्। अर्कोतिर, दैनिक जीवनका मसिना घटनाबाटै कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण छ। छोटा फिल्मलाई सिर्जनशील निर्देशकले छोटो समय र थोरै लगानीमा आफ्नो प्रतिभा देखाउने माध्यमसमेत बनाएका छन्। यस्तै विशेषताका कारण फिचर फिल्मसँगै छोटा फिल्मले ओस्कर, कान्सलगायत संसारभरका अवार्ड समारोहमा आफ्नो स्थान बलियो बनाएका छन्। सन् १९२९ देखि वितरण हुन थालेको ओस्करका केही वर्षमै छोटा फिल्मबीच नियमित प्रतिस्पर्धा हुन थालेको हो। सन् १९३२ मा जेम्स प्यारोटको 'म्युजिक बक्स' पहिलो पटक पुरस्कृत छोटो फिल्म हो।  आज हामीले ओ...
९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

SYM शुद्ध सकारात्मकता, कर्पोरेट, नेपाली ब्रान्ड
अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका 'रिफ्रेसमेन्ट ड्रिंक्स' मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन 'बदाम ड्रिंक्स' को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन्। 'हामी गाईको दूध, अलैंची, बदाम, केसर जस्ता कच्चा पदार्थको मिश्रणमा बदाम ड्रिंक्स बनाउँछौं,' अशोकले भने, 'विभिन्न फलफूल र ड्राइ फ्रुट्सको स्वादमा उत्पादन गर्दैछौं।' रिलायबल नेपालले चकलेट बदाम, किमु बदाम, केसर बदाम, माउन्ट-फ्रेस बदाम जस्ता दर्जन प्रकारका बदाम ड्रिंक्स उत्पादन गर्दैछ। यसबाहेक कम्पनीले भियतनामको एक शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) को फ्रेन्चाइज लिएर नेपालमै इनर्जी ड्रिंक्स उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा 'रेड-ब्लू' र 'रेड-साओला' पुर्‍याइरहेको छ। अशोकले २०६६ सालतिर रिलायबल नेपाल आयात तथा निर्यात प्रालि नामक ...