हिजोको बागमती फर्केर आउँदैन ? : मधुकर उपाध्या
सामाजिक सञ्जालमा दुर्लभ ऐतिहासिक तस्बिर र भिडिओहरू सार्वजनिक गर्दै आएको ‘भिन्टेज नेपाल’ ले भदौ ७ गते मंगलबार दुइटा तस्बिर ट्वीट गर्यो।
पहिलो तस्बिर सन् १९७० दशकमा वुल्फगेङ अल्टभाटरले खिचेका रहेछन् जसमा सानेपा, राजतीर्थको तत्कालीन बागमती किनारको दृश्य देखिन्छ।
तस्बिरमा मृत्युपछि पानीको अन्तिम थोपा मुखमा पारिदिन शव सुताइने ब्रह्मनाल छ। ब्रह्मनालसँगै नदीसम्म आउने पाँच खुड्किला सिँढी छन्। नदी किनार एक महिला लुगा धुँदै छिन्, अर्की महिला धार्मिक प्रयोजनका लागि पानी थाप्न आएजस्ता देखिन्छिन्। त्यहीँ साना केटाकेटी पनि छन् जो सायद लुगा धुन आएकी महिलाका सन्तान हुन्। पछाडि मन्दिर छ, मन्दिरसँगै किरियापुत्रीहरू बस्ने घर छ र घरको माथिल्लो तल्लामा सेतो वस्त्र लगाएर किरिया बसिरहेका एक पुरूष छन्।
अर्को तस्बिर त्यही ठाउँको अहिलेको दृश्य हो जसमा सानेपा, राजतीर्थको घाटमाथि पुल...









