२०८१ बैशाख ११

ए.आइ.टि.एम क्याम्पसमा ‘मेयर छात्रवृत्ति’ : AITM College




ललितपुरको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट  ‘एआइटिएम’ क्याम्पसमा मेयर छात्रवृत्तिअन्तर्गत दुई जना विद्यार्थीले पढ्न पाउने भएका छन्।

शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन राठीले ‘मेयर छात्रवृत्ति’ सम्झौता पत्रमा हस्तक्षार गरेका हुन्।



Advertisement



सम्झौताअनुसार मेयर छात्रवृत्तिका लागि सूचना र प्रविधि विषयमा चार वर्षे स्नातक तहमा एक जनाले पढ्न पाउनेछन्। 

त्यस्तै ‘प्लस टु’ मा विज्ञान र व्यवस्थापन संकायमा एक जनाले छात्रवृत्ति पाउनेछन्। यो कार्यक्रम पाँच वर्षसम्म निरन्तर हुनेछ।  

महानगरका प्रमुख चिरीबाबु महर्जनले यही वर्षबाट मेयर छात्रवृत्ति कार्यक्रम सुरू हुने बताए। उनकाअनुसार पहिलो र दोस्रो कार्यकालमै पहिलो पटक विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको हो।



‘सबै क्षेत्रका लागि काम गरिरहेको छु’ कार्यक्रममा बोल्दै प्रमुख महर्जनले भने, ‘अब शिक्षाको लागि केही गर्ने सोच छ त्यसैले नै कलेजसँग सहकार्य गरेर वर्षमा दुई जना विद्यार्थीलाई मेयर छात्रवृत्ति दिन लागिएको हो।’

एआइटीएम कलेजमा छात्रवृत्तिमा पढ्नमा लागि विद्यार्थी जेहेन्दार र ललितपुर महानगरपालिकाभित्र बसोबास गरेको हुनुपर्ने उनको भनाइ छ। 

विद्यालयले यसअघि पनि छात्रवृत्ति दिदैं आएपनि मेयर छात्रवृत्तिले विद्यार्थीमा थप प्रोत्साहन मिल्ने कलेजका निर्देशक वसन्त जोशीले बताए।

Copy link
Powered by Social Snap