२०८१ बैशाख ६

मिर्गौला, क्यान्सर, मेरुदण्डका रोगीको विवरण उपलब्ध गराउन काठमाडौं महानगरको आह्वान




काठमाडौं महानगरपालिकाले चार थरी रोगका बिरामीलाई  औषधि उपचार बापत खर्च उपलब्ध गराउनका लागि निवेदन आह्वान गरेको छ । महानगरले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेको, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीको विवरण माग गरेको हो ।



Advertisement



औषधि उपचार बापतको खर्च उपलब्ध गराउने नीति अनुसार जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको  अधिकार प्रयोग गरी मन्त्रालयबाट जारी गरिएको मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ कार्यान्वयन गर्दै सम्पूर्ण कागजात सहित आ आफनो वडा कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ ।



नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरी आएको हकमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गरिएको कार्यविधिमा रहेको अनुसूची १ बमोजिमको फाराम, अनुसूची १ फाराम प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजातहरु, अनुसूची २ अनुसार ढाँचाको निवेदन र मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुका हकमा अपाङ्गता परिचय पत्रको रातो वा निलो प्रतिलिपि जस्ता कागजातहरु लिएर वडा कार्यालयमा निवेदन दिन महानगरले आग्रह गरेको छ ।

Copy link
Powered by Social Snap