


आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन शिक्षा मन्त्रालयले नेपाल विद्यालय कर्मचारी परिषदलाई आग्रह गरेको छ।
परिषदले गत साउन २३ मा सेवा सुविधा वृद्धिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।
Advertisement


तर माग पूरा नभएछि उनीहरू चरणवद्ध आन्दोलनमा उत्रिएका थिए।
आजदेखि उनीहरूले विद्यालय बन्द गरेपछि मन्त्रालयले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेको छ।

नेपाल शिक्षक महासंघमार्फत् छलफल तथा वार्तामा सहभागी हुन र हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रम स्थगित गर्न परिषदलाई मन्त्रालयले आज आग्रह गरेको हो।
विद्यालय बन्दका कार्यक्रम स्थगित गरी पठनपाठनको व्यवस्था गर्ने वातावरण सिर्जना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
विद्यालय कर्मचारीहरूले शिक्षक सरह सेवा सुविधालगायतको माग गरेका छन्।



