२०८३ कार्तिक २९

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री शर्मा




अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन्।

नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौं जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए। 

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उनले भने, ‘अब देश चलाउन भन्सारको राजश्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्छ।’



Advertisement



अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उनको भनाइ थियो। 

देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँ-गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरूरी रहेको उनले बताए।

उनले भने,‘श्रमयोग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ।’

उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उनले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताए।

निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरूत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। 



मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताए।

उनले भने, ‘विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन। अझै फैलिने क्रम जारी छ। यसको असर नेपालमा पनि परेको छ।’

आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उनको भनाइ थियो।

उनले भने, ‘हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap