‘तल्लो बाटो’ बाट अमेरिका पुग्न एक महिनादेखि झण्डै २ वर्षसम्म लाग्ने! : देवराज भण्डारी
सुतेर ब्युँझने बित्तिकै मेरो पहिलो काम मोबाइलको वाईफाई अन गर्ने हो अनि सररर मोबाइलको स्क्रिनलाई माथितिर धकेल्नी, त्यसपछि म्यासेन्जर एप क्लिक गरेर कसले के लेखेर पठाएका छन् भनेर हेर्ने।
कतिलाई रिप्लाई गर्छु, कतिलाई लाइकको रियाक्ट र कुनैको सीनमात्रै गरेर छाड्ने। अस्ति भर्खर जनैपूर्णिमा तथा रक्षाबन्धनको दिन नेपालबाट एकजना गाउँले दाजुले म्यासेन्जरमा ‘ब्रो कल मि!’भनेर लेखेका रहेछन्।
मैले कल ब्याक गरेँ, दुवैतिरका हालखबर पश्चात् उनले भने, ‘म नि त्यतै आउने विचार गरेको छु, यताको चाँजोपाँजो मिलाएर हिन्छु त्यहाँ आएपछि तिमी छौ क्यारे, ढुक्क छु है।’
‘ओहो किन त्यस्तो निर्णय गर्नु भो त हजुरले, नेपालमा राम्रो गर्नु भएको छ। परिवार सँगै हुनुहुन्छ। समाजमा राम्रै छ हजुरको उपस्थिति!’
भनेर नभ्याउँदै उनले थपे ‘पहिला कुखुरा पालनबाट ...









