गुजरातको पहिलो हार, शीर्ष स्थानमा उक्लने मौका गुमायो
अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो हार व्यहोरेको छ।
Advertisement
सनराइजर्स हैदराबादले गएराती गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जित निकाल्दै गुजरातको अपराजित यात्रामा पूर्णविराम लगायो। यो सँगै गुजरातको शीर्ष स्थानमा उक्लने मौका गुम्यो।
१ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। हैदराबादको जितमा कप्तान केन विलियम्सनको अर्धशतकीय पारी खेले।
१७ औं ओभरको पहिलो बलमा आउट हुनुअघि केन विलियम्सनले ४६ बलमा २ चौका र ४ छक्कासहित ५७ रनको योगदान दिए। ओपनर अभिषेक शर्मा ४२ रनमा आउट भए। शर्माले विलियम्सनसँग पहिले विकेटका लागि ८.५ ओभरमा ६४ रनको साझेदारी गरेका थिए।
यस्तै निकोलस पुरनले १८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउँदा एडेन माक...









