कोलकातामाथि हैदराबादको सानदार जित
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकालेको छ।
Advertisement
योसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा उक्लिएको छ।
कोलकाताले जितको लागि दिएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
हैदराबादलाई लगातार तेस्रो जित दिलाउन राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे।
राहुल त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाउँदा माक्ररम ३६ बल खेल्दै ६ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे।
ओपनर अभिषेक शर्मा ३ रनमा आउट हुँदा कप्तान केन विलियम्सनले १७ रन जोडेका थिए। निकोलस पुरन ५ रनमा अविजित रहे।
तेस्रो विकेटका लागि एडेन माक्ररम र राहुल त्रिपाठीले ९४ रनको साझेदारी गर्दै साानदार जितको आधार तय गरे। कोलकाताका ...









