२०८१ बैशाख १४

नेपाल प्रो-क्लब च्याम्पियनसिपमा एपिएफको सान्त्वना जित 

रूपन्देहीमा संचालन भइरहेको नेपाल प्रो-क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सान्त्वना  जित हात परेको छ।


Advertisement


यसअघि नै समूह चरणबाट बाहिरिएको एपिएफले मंगलबार समूह चरणको अन्तिम खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्‍यो।

ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य एपिएफले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

एपिएफका लागि कप्तान प्रदीप ऐरीले नटआउट ५२ रन जोडे। उनले ५८ बलमा ६ चौका हिर्काए। दीपक बोहराले ४२ रन बनाए।

त्यसअघि ट्यालेन्ट हन्टले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १२५ रन जोड्यो। उसका लागि ओपनर असादुरजमानले सबैभन्दा बढी ३० रन जोडे। बलिङमा एपिएफका भुवन कार्की र प्रदीप ऐरीले २-२ विकेट लिए।

समूह ‘बी’ यसअघि नै त्रिभुवन आर्मी र उत्तरप्रदेश-११ सेमिफाइनलमा पुगिसकेका छन्। 
 

Copy link
Powered by Social Snap